काठमाडौं । नरेन्द्र केसीको नयाँ कोसेली ‘हेर ऐनामा’ गीतको भिडियो सार्वजनिक भएको छ । गायक तथा शब्द रचनाकार समेत रहेका केसीको यही पौष १३ गते एक कार्यक्रमकाबीच विममोचन गरि सार्वजनिक गरिएको हो ।
गीत विममोचन कार्यक्रममा बेपत्ता तथा छानवीन आयोगका सदस्य डा. गंगाधर अधिकारी (चिन्तन) को प्रमुख आतिथ्य रहेको थियो । सो समारोहमा उनले गीत विमोचन गर्दै गीतको शब्द र भिडियो दुवैले मौलिक लोक सांस्कृतिलाई एक उर्जा थपेको प्रतिक्रिया दिए ।
साथै, सो कार्यक्रममा वरिष्ठ लोक गायक बम बहादुर कार्की, बिबी अनुरागी, रेडियो नेपालका कार्यक्रम सञ्चालक भरत बम्जन, नायिका गीता ढुंगाना लगायत कलाकारहरुको उपस्थिती रहेको थियो ।
उक्त गीतमा गायक नरेन्द्र केसी र गायिका शान्ति श्री परियारको आवाज रहेको छ भने केसीकै शब्द र संगीत रहेको छ । गीतको भिडियोमा नायिका गीता ढुंगाना र प्रथम क्षत्रीको अभिनय रहेको छ ।
गीतको भिडियोलाई प्रकाश धितालले निर्देशन गरेका छन् । त्यस्तै, केशवराज भट्टको कोरियोग्राफी, उत्सव दाहालको छायांकन तथा विकास दाहालको सम्पादन रहेको छ ।
प्रतिक्रिया