किराँत समुदायमा उभौलीको रौनक (तस्विरहरू)

काठमाडौं । किराँत समुदायले आज सोमबार उभौली पर्व मनाएका छन् । अन्नबाली सप्रियोस्, राम्रो बाली लागोस्, पृथ्वीमा कहीँ कतै खाद्यान्नको कमी नहोस् भन्दै यो समुदायले वैशाख पूर्णिमाका दिन उभौली पर्व मनाउँछन् ।

काठमाडौंमा बसोबास गर्ने किराँत समुदायले गोकर्णेश्वर नगरपालिका– ४ स्थित जगडोल सामुदायिक वनमा उभौली पर्व मनाएका छन् ।

उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने पर्वका रूपमा मनाइन्छ । उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ ।

उभौलीका अवसरमा चण्डी नाच गरिने भएकाले आजको दिन चण्डी पूर्णिमाको रूपमा पनि लिइन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात् पार्वतीको सृष्टि भएको दिन हो ।

प्रतिक्रिया