पाँचथर । सरुवा भई आएको दुई दिन नबित्दै पाँचथरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) पुन्यप्रसाद ढकाल गाउपालिका अनुगमनमा पुगेका छन । बिहिबार जिल्ला प्रशासन कार्यालयमा हाजिर भएका सिडिओ ढकाल शुक्रबार पत्रकारहरु माझ परिचात्मक र अन्तरक्रिया पछि शनिबार पाँचथरको उत्तरी क्षेत्र याङवरक गाउपालिका कार्यालयमा पुगेका हुन ।
सिडिओ ढकाल बिकास र्निमाण तथा भ्रष्टाचार समग्र शुसासनको अनुगमनमा निष्कीएको बुझिएको छ । सिडिओलाइ उक्त पालिका अध्यक्ष लेखनाथ घिमिरेले स्वागत गरे । ढकाल सहितको टोलिले याङवरक पालिकाको निमार्ण हुदै गरेको भवनको अनुगमन गरे । नवर्निमित भवन करिव ७ करोड ५० लाख बराबर लगानीमा निर्माण हुदैं छ । भवनमा पालिकाको समपुरक जोडकोष रकम १ करोड बिनियोजन गरीएको अध्यक्ष घिमिरे जानकारी दिए ।
अनुगमनकै क्रममा याङवरक ३ ओयाम बजारमा सुरक्षाको आवस्यकतालाइ मध्यनजर गरी प्रहरी चौकी स्थापनाका लागि पूर्व तयारी गरीएको र प्रहरी चौकी स्थापना हुने अध्यक्ष घिमिरेले जनाए । अनुगमनमा निस्किएका सिडिओ पुन्यप्रसाद ढकाल, सहित साहायक सिडिओ नारायण नेउपाने, कार्यालयका नासु प्रकास अधिकारी, डिएसपी दानबहादुर थापा, कर्मचारी, स्थानिय सुरक्षाकर्मी, नागरीक, जनप्रतिनिधिहरुको टोलि सोहि पालिकाको फलैचा प्रहरी चौकी र च्याङथापु सिमा प्रशासन कार्यालय पुगेका हुन ।
अहिलेको अवस्थामा सिमा प्रशासनबाट सेवाग्राहिरुले सेवा पाइरहेको पालिका अध्यक्ष घिमिरेले जानकारी दिए । केहि सेवाग्राहि तथा जनप्रतिनिधिहरु माझ सिडिओ ढकालले समसामयिक बिषयमा छलफल गरेका छन । सिडियो ढकाल अन्य पालिकाको अवस्थाबारे अनुगमनमा जाने बुझिएको छ ।
प्रतिक्रिया