दैलेख । जिल्लाको नौमूले गाउँपालिका वडा १ का १८ बर्षिय अमित सुनार र महाबु गाउँपालिकाकी १५ बर्षीय बालिका प्रक्राउ परेकी छन । उनीहरु ले बालविवाह गरेको भन्ने सुचनाको आधारमा इलाका प्रहरी कार्यालय नौमूले केटा पक्षको घरमा विवाह गरी बसिरहेको अवस्थामा विहीबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । उनीहरुलाई दैलेख जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमती लिई सो सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया