आगो ताप्ने क्रममा जलेर महिलाको मृत्यु

कञ्चनपुर । पुनर्वास नगरपालिका–६ प्रतिभा नगर, टाउन बजारकी ४३ वर्षीया गीतादेवी थापाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।

आगोमा जलेर सख्त घाइते भएकी थापाको उपचारका लागि धनगढीतर्फ लैजाँदै गरेको बेला बाटोमै मृत्यु भएको हो । थापा उच्च रक्तचापका कारण बेहोश भई आगोमा खस्न पुगेकी थिइन् ।

एक्लै आगो ताप्ने क्रममा लडेपछि उठाउने व्यक्ति नहुँदा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

प्रतिक्रिया