मन्त्रिपरिषद् बैठक सकियो, के भयो अध्यादेश ?

काठमाडौं । विशेष महत्वकासाथ हेरिएको मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । बिहीबार साँझ बसेको बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने बताइएको थियो । तर, बैठकले अध्यादेश फिर्ता सम्बन्धी कुनै निर्णय नगरेको स्रोतले जानकारी दियो ।

सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा अ‍ोली सहमत भएका थिए । बुधबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री अ‍ोलीले अध्यादेश फिर्ता लिने निर्णय गरेका थिए । आजको बैठकले उक्त विवादास्पद अध्यादेश फिर्ता लिने आँकलन गरिएको थियो । बैठकमा अन्य सामान्य एजेण्डाहरुमा छलफल भएपनि अधयादेशका बारेमा ओलीले एक शब्द पनि उच्चारण नगरी मौन बसे ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री अ‍ोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेपछि मात्र अध्यादेश फिर्ता लिने बताएका थिए ।  संवैधानिक आयोगहरुमा नियुक्तिका लागि सहज बनाउने ओलीले अध्यादेश ल्याएका थिए । तर सत्तारुढ दलसहित प्रतिपक्षी दलले समेत चर्को विरोध गरेपछि उनी अफ्ठ्यारोमा परेका थिए ।

प्रतिक्रिया