सउल । दक्षिण कोरियाका वरिष्ठ चलचित्र निर्देशक किम कि दुकको कोरोनाका कारण शुक्रबार मृत्यु भएको छ । ५९ वर्षीय दुक गत नोभेम्बरदेखि लातभियामा बसिरहेका थिए । दुकले एक महिनायता लातभियाको समुद्री किनारमा घर किन्ने योजना बनाइरहेका थिए ।
उनको लातभियास्थित उपचाररत अस्पतालमा मृत्यु भएको बुसान इन्टरनेशनल फिल्म फेष्टिभल (बिआइएफएफ) का कार्यकारी निर्देशक जेन याङ–जुनले जानकारी दिए । एशियाका उत्कृष्ट चलचित्र निर्देशक दुकले ६९ औंँ भेनिस फिल्म फेस्टिभलमा गोल्डेन लायन अवार्ड जितेका थिए ।
उनले ६१ औंँ संस्करणमा ‘थ्री आइरन’का लागि सिल्भर लाइन जितेका थिए । बर्लिनमा ‘समारिया’का लागि उत्कृष्ट अवार्ड जितेका उनले ‘अरिराङ’का लागि सन् २०११ मा कान्स जितेका थिए ।
‘स्प्रिङ समर फल, विन्टर एन्ड स्प्रिङ’ ‘पियटा’ जस्ता चलचित्रका निर्देशक दुकको अन्तिम चलचित्र ‘डिजल्भ’ हो । दुकमाथि एक अभिनेत्रीद्वारा यौन र शारीरिक शोषण गरेको आरोप लागेको थियो ।
प्रतिक्रिया