ताप्लेजुङमा एक सय शै्ययाको आइसोलेशन सेन्टर निर्माण गरिने

फुङ्लिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले फुङलिङ नगरपालिकामा ५० शै्ययाको आइसोलेशन सेन्टर र प्रत्येक गाउँपालिकामा पाँच शै्ययाको हुने गरी जिल्लामा एक सय शै्ययाको आइसोलेशन सेन्टर निर्माण गर्न संसद पूर्वाधार विकास कोषको प्रयोग गर्न सकिने जानकारी दिएका छन् ।

जिल्ला सदरमुकाम फुङ्लिङमा आज सरकारी कार्यालय प्रमुखसँगको छलफलमा उनले उक्त जानकारी दिँदै ती प्रमुखलाई सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक लागू गर्न निर्देशन दिए । उनले इमादारपूर्वक जनताको सेवा गर्न निर्देशन दिँदै जनताले दुःख नपाउने गरी छिटोछरितोरुपमा सेवा दिन आग्रह गरे ।

प्रतिक्रिया