निनाम कुलुङ ‘मंगले’
चन्द्रमास अनुसारको पात्रो ९क्यालेन्डर० आफ्नो संस्कारमा जुन समुदायले प्रयोग गर्छन्, उनीहरूको पर्व हो दसैँ, जुन समुदायले यो पात्रो आफ्नो संस्कारमा प्रयोग गर्दैनन् उनीहरूको जातीय चाड दसैँ होइन । तथ्य, प्रमाण, उदाहरणहरू र परम्पराहरू हेर्दा दसैँ भनेको कम्तिमा किराँतीहरूले मान्ने जातीय चाड होइन कि ? भन्ने देखिन्छ । किराँतीहरूको धार्मिक तथा सांस्कृतिक क्यालेन्डरमा दसैँ हुँदैन । नेपाल एकीकरणपछि मात्रै किराँतीहरूले दसैँ मनाउन थालेको देखिन्छ । शासन सत्ताको एक अंगका रूपमा दसैँलाई अघि बढाएको जस्तो देखिन्छ ।
नेपालीको महान चाड बडादसैँलाई देश, भाषा र परम्पराअनुसार अनेक नामले पुकारिन्छ । जस्तै ‘दसैँ’, ‘बडादसैँ’, ‘मोहनी’, ‘दूर्गा पूजा, ‘दसेरा’, ‘दशहरा’, ‘विजयादशमी’ ‘नव दूर्गा पूजा आदि । यो चाडको अवसरमा कतिपयले पशुपंक्षीको बलि दिने गरेको देखिन्छ भने कतिपयले फलपूmल र कुभिण्डोको बलि चढाएको देखिन्छ । स्मरणीय के छ भने, नेपालकै मधेसी समुदायमा कोही कोहीले दसेरा भन्दै दूर्गा पूजा गर्छन् तर पशु–पंक्षीको बलि भने चढाउँदैनन् ।
चाडपर्व कसरी मनाउने, किन मनाउने, कसले मनाउने, कसले नमनाउने ? पशुबली दिने कि नदिने ? भनी नेपालमा बहस र छलफल भई नै रहेको छ, जसलाई एकहिसाबले रामै्र मान्नुपर्ने हुन्छ । यस्ता बहसले बास्तविकता उजागर गर्न मद्दत पु¥याउँछ । पहाडी समुदाय र मधेसी समुदायमा चाडपर्व मनाउने शैली अलि फरक छ । राजधानी काठमाडौंका बौद्धधर्मावलम्बी नेवारहरूको पनि चाड पर्व मनाउने शैली मौलिक छ ।
हिन्दू भए पनि मधेसी समुदायमा दसैँ पर्वको खासै वास्ता हुँदैन, बौद्धमार्गी भए पनि नेवार समुदायले धुमधामका साथ दसैँ मनाउँछन् । त्यसैले नेपालका कतिपय चाडपर्वहरू धार्मिक भन्दा पनि सांस्कृतिक छन् । उदाहरणका लागि दसैँलाई लिन सकिन्छ । दसैँलाई हिन्दूहरूको चाडभन्दा पनि नेपालीको मौलिक चाड हो भन्नेहरू धेरै छन् ।
चन्द्रमास अनुसारको पात्रो (क्यालेन्डर) आफ्नो संस्कारमा जुन समुदायले प्रयोग गर्छन्, उनीहरूको तिथि हो दसैँ, जुन समुदायले यो पात्रो आफ्नो संस्कारमा प्रयोग गर्दैनन् उनीहरूको जातीय चाड दसैँ होइन । तथ्य, प्रमाण, उदाहणहरू र परम्पराहरू हेर्दा दसैँ भनेको कम्तिमा किराँतीहरूले मान्ने जातीय चाड होइन कि ? भन्ने देखिन्छ । किराँतीहरूको धार्मिक तथा सांस्कृतिक क्यालेन्डरमा दसैँ हुँदैन ।
नेपाल एकीकरणपछि मात्रै किराँतीहरूले दसैँ मनाउन थालेको देखिन्छ । शासन सत्ताको एक अंगका रूपमा दसैँलाई अघि बढाएको जस्तो देखिन्छ । यो पंक्तिकार किराँती महाजातिभित्रको कुलुङ जाति र लिम्बुको भाञ्जा भएको आधरमा हेर्दा बडादसैँ किराँतीहरूले मान्ने जातीय चाड होइन भन्ने नै दरिलो आधार देखिन्छ ।
किनभने, जब पृथ्वीनारायण शाह र उनका भाइभारदारले नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किराँत भूमिलाई वल्लो किराँत, माझ किराँत र पल्लो किराँत (लिम्बुवान) गरी तीनभागमा बाँडे । त्यहाँका किरातीहरूलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरूलाई) सरह ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ पदवी–पगरी दिइयो । साथै ती ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदिलाई हिन्दूधर्म अनुसारको कर्म गर्ने उर्दी पनि दिइयो ।
फलतः जो ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरू पाउने मुख्खेलीहरू (तालुकदार वा जिम्मावाल पनि भनिन्थ्यो) थिए, उनीहरू आफूले पनि हिन्दूधर्म मान्नुपर्ने र, आफू मातहतका रैती अर्थात् ज्यमी, जमी वा जिमी (ढाक्रे) हरूलाई पनि ‘बडादसैंं’ मा टीको–जमरो लगाई दिएर हिन्दूधर्म मान्नैपर्ने वाध्यतात्मक परिस्थिति सिर्जना गराइयो । यसको प्रमाणको रूपमा धेरै उदाहरणहरू दिन सकिन्छ ।
जस्तो यो पंक्तिकार लिम्बुको भाञ्जा र हाम्रो मावली बाजे (हजुरबा) समेत ‘सानो सुब्बा’ भएकोले के देखेको थियो भने, नवमीको दिन बिहान ‘मौलो’मा बोकोको बलि दिएर मौलोको वरिपरि तीन फन्को घुमाइन्थ्यो । त्यसरी घुमाइसकेपछि बाजे अर्थात् ‘सानो सुब्बा’ले हत्तपत्त आफ्नो दुवै हात बोकोकोे रगतमा चोपलेर आप्mनो घरको भित्तोमा ‘पञ्जा छाप’ लगाउनुहुन्थ्यो ।
तर, अलि पर ठूलो गाउँमा ‘मौजे सुब्बा’ अर्थात् ठूलो सुब्बा थिए उनलेचाहिँ आप्mनो मौलोमा राँगो मार हान्थे भने ती ठूला सुब्बाले पनि मौलोमा मार हानेको राँगोलाई तीन फन्को घुमाइसकेपछि हत्तपत्त आफ्नो दुवै हात रगतमा चोपलेर आफ्नो घरको भित्तोमा ‘पञ्जा छाप’ लगाउँथे । यसरी हेर्दा पूर्वका किराँतीहरूलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरूलाई) सरह पदवी, पगरी दिएर ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरू दिइयो ।
साथै ती ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदिलाई हिन्दूधर्म अनुसारको कर्म गर्ने उर्दी पनि दिइयो । फलतः जो ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदहरू पाउने मुख्खेलीहरू (तालुकदार वा जिम्मावाल पनि भनिन्थ्यो) थिए । तर, बालापन न हो, हामीलाई भने जहिले पनि ‘कहिले दसैँ आउला र नयाँ लुगा लगाउन पाइएला, टन्न मासुभात खान पाइएला, रोटेपिङ खेल्न पाइएला, बजार जान पाइएला र रमाइलो गर्न पाइएला १’ भन्ने मात्रै थियो, त्यो बेला ।
काठमाडौं आएर केही बुझ्ने भएर गाउँ फर्कंदा (२०४६ को राजनीतिक परिवर्तनपछि) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दसैँमा किन त्यसो गरिन्थ्यो ? भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो, ‘अन्त त्यसो नगरे त तेरो बाजेले उजुरी दिन्थ्यो नि त ।’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत भने राज्यले खटाएको जोगी र पण्डितहरूप्रति थियो ।
किनभने, हरेक वर्षको दसैँ लगत्तै जय गोरख नाथ भन्दै जोगी (फेरी लगाउने कान फट्टा) आउँथ्यो । यदि डाक्टर जगमान गुरुङलगायत नेपालका अन्य केही विद्वान र संस्कृतिविद भनिनेहरूले भने जस्तै दसैँ किराँतीहरूको जातीय वा आप्mनो मौलिक चाड हुन्थ्यो भने विसं १९२० (सन् १८६७) मा दसैँ मान्न नमान्दा धनकुटाका ‘राई’ द्वय ‘रामलीहाङ’ र ‘रिदामा’लाई राज्यले किन हत्या गर्यो त ? स्मरणीय छ, उनीहरू आठपहरिया समुदायका प्रभावशाली र जान्ने बुझ्ने भएको नाताले ‘राई’ भएका थिए ।
तर, तत्कालीन सत्ताले किन मधेसी समुदायलाई दसैँ मान्न वाध्य गराएन ? हिमाली समुदायलाई किन बाध्य गराएन ? पहाडी समुदायलाई मात्रै किन वाध्य गरायो ? भन्ने प्रश्न पनि कम पेचिलो छैन । यसैगरी नेपाल एकीकरणपछि प्रजातन्त्र बहाली नहुँदासम्म शासन सत्तामा खसआर्यहरूको एकाधिकार रह्यो । खसआर्यहरूको मुख्य संस्कृति भनेको मष्टो पुजन हो ।
तर, उनीहरूले मष्टो पुजनलाई अरू समुदायमा किन लादेनन् त ? दसैँ लाद्ने मष्टो नलाद्ने किन भयो त ? भन्ने प्रश्नमा पनि बहस हुनु जरुरी छ । किनकी खसआर्यहरूमा दसैँ स्वेच्छिक हो, तर मष्टो अनिवार्य हो । हुन त कुनै पनि चाडबाड, पर्व, मेला, जात्रा, महोत्सवहरू भनेको अर्थ राजनीतिसँग पनि जोडिएको हुन्छ ।
जस्तो कि उदाहरणका लागि सहयोगी ‘न्युज कारोबार अनलाइन न्युज पोर्टल’ले गत कात्तिक ९ गते प्रकाशित गरेको एक तथ्यांकअनुसार नेपालमा दसैं, तिहार र छठ पर्वको अवसरमा मात्रै लगभग डेढ खर्बको आर्थिक कारोबार हुन्छ । यो वेला नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजामती कर्मचारी र नेपालको निजी क्षेत्र (प्रतिष्ठान) मा कार्यरत नेपालीहरूले मात्रै लगभग ६० अर्ब रुपैयाँ बराबरको चाडपर्व खर्च पाउँछन् ।
त्यस्तै विदेशमा काम गर्न गएका नेपालीले पनि दसैँ, तिहार र छठपर्वको अवसरमा पठाउने रकम ७० अर्ब रुपैयाँ बराबर हुन्छ । यता नेपालमै अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार, साना किसान, पशुपालक, लघु–उद्यमी लगायतले पनि लगभग २५ अर्ब रुपैयाँ बराबर यही चाडबाडको अवसरमा खर्च गर्ने गरेका छन् । तर, यो वर्ष कोरोनाको महामारीका कारण रेमिट्यान्सबाहेक अरू क्षेत्र नराम्रोसँग प्रभावित भएको छ ।
फलतः दसैँ, तिहार र छठपर्व पनि नराम्रोसँग प्रभावित भएको छ । त्यसो त देशमा आएको परिवर्तनपछि तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजातिलगायत जात, वर्तनलाई महसुस गरेरै होला सबै जात, जाति, धर्म, सम्प्रदायका मान्छेहरूले मान्ने धर्म र उनीहरूका चाडबाड, संस्कार–संस्कृतिहरूलाई पनि राज्य (तीनै तह) ले राष्ट्रिय नभए पनि प्रदेश र स्थानीयस्तरमा मान्यता दिन थालेका छन् ।
उता विगतमा राज्यले हिन्दूहरूको महान चाड बडादसैंको अवसरमा दिँदै आएको लामोबिदा कटौती गरेर छोट्याएको छ । यसलाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ । हुन त आजभोलि हरेक चाड, पर्व, जात्रा आदिमा प्रदेशस्तर र स्थानीयस्तरमा सार्वजनिक बिदासमेत दिन थालिएको छ ।
जुन कुरोलाई धेरै राम्रो मान्न सकिन्छ । किनभने, यस्तो कार्यले स्थानीयस्तरमा बसोवास गरेका विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूह, सम्प्रदाय आदिले पनि अपनत्व महसुस गर्छन् भने, आप्mनो चाड, पर्व र संस्कार, संस्कृतिप्रति गौरवको अनुभूति पनि गर्छन् ।
प्रतिक्रिया