आईसिपीबाट जाचपास गराई छुटेको ट्रकबाट लागु औषध सहित तीन भारतीय पक्राउ

पर्सा । प्रहरीले वीरगंज महानगरपालिका वडा २४ बहुअरी चोक नजिकबाट लागुऔषध समेत तीन जनालाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सुगौली वृतबाट प्रहरी नायब निरिक्षक सुमन सिंहको कमाण्डमा रहेको टोलीले गोप्य सुचनाको अधारमा भारतिय नम्बरको ट्रकलाई चेकजाँच गर्दा ट्रकमा लुकाई छिपाई राखेको लागु औषध सहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको हो । पकाउ परेको लागू ओषध १२ सय ६ थान बिनरेक्सको बोतल र आठ सय ९१ एम्पुल, नुरफिन, डाईजोपाम, फेनरागन ईन्जेकसन बरामद गरेको हो ।

भारतबाट आएको भारतीय नम्बर एच आर ३८ भि ४८९५ नम्बरको ट्रक वीरगंज आईसिपीबाट जाचपास गराई छुटेको ट्रकलाई माथी शंकालागि चेकजाच गर्दा ट्रकको चालक क्याबिनबाट चालक बस्ने सिटको पछाडीको सिटमुनी र सोही क्याविनको बर्नटको क्याविनमा लुकाई छिपाई ल्याईराखेको लागु औषध सहित तीन जनालाई जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता मनोजित कुवरले जानकारी दिए ।

पक्राउ पार्नेहरुमा ट्रकका चालक भारत बिहार पूर्वी चम्पारण जिल्ला मोतीहारी थाना रक्सौल हर्दिया वडा ४ बस्ने बिक्रान्त पटेल, ट्रकमा सवार सोही ठाउ बस्ने आकास कुमार राम र राम बालक राम रहेका छन । लागु औषध सहित पक्राउ गरिएका तिनैजना लाई कारबाही गरिने पर्सा प्रहरीले जनाएका छन । बिरगंज आईसिपीमा चेकजाच गरेको ट्रकबाट लागु औंषध बरामदले बिरगंज आईसिपीका कर्मचारी र प्रहरीहरु माथी शंका उत्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया