साझा पार्टीको प्रवक्तामा शरदराज पाठक नियुक्त

काठमाडौं । साझा पार्टीले शरदराज पाठकलाई प्रवक्ता पदमा नियुक्त गरेको छ । ‘६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आउनुभएका केन्द्रीय सदस्य पाठकलाई प्रवक्तामा नियुक्त गरिएको छ’, सो पार्टीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

उनि संघीय निर्वाचनमा पार्टीका तर्फबाट चितवन क्षेत्र नं ३ बाट उम्मेदवार बनेका थिए । ग्रामीण विकासमा स्नातकोत्तर गरेका उनले सो पार्टीमा सक्रिय हुनुअघि विभिन्न सञ्चारमाध्यममा सम्पादकीय नेतृत्व गरेका थिए ।

साथै उनले कालिका एफएम तथा रेडियो अन्नपूर्ण नेपालका समाचार प्रमुख र कान्तिपुर एफएमको सम्पादकीय टोलीका सदस्य भएर काम गरेका थिए ।

प्रतिक्रिया