मुम्बईले कोलकत्तालाई हरायो

अवुधावी । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत साविकको विजेता टोली मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ । बुधबार भएको खेलमा मुम्बईले कोलकाता नाइट राइडर्समाथी ४९ रनको फराकिलो जित निकालेको हो ।  सेख जायद स्टेडियममा मुम्बई इन्डियन्सले जितका लागि दिएको १९६ रनको विशाल लक्ष्य पछाएको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १४६ रन बनाउन सक्यो । कोलकत्ताविरुद्धको खेलमा मुम्बई पुरै समय हावी भएको थियो । ब्याटिङ र बलिङमा कोलकत्ता चल्न नसक्दा कुनै पनि बेला जितको नजिक पुग्न सकेन ।

टे«न्ट बोल्टको तेस्रो ओभरको चौथो बलमा सुवमन गिल काइरान पोलार्डबाट ७ रनमा क्याच आउट भए । पाँचौ ओभरको पाँचौ बलमा जेम्स प्याटिन्सनले सुनिल नारायणलाई विकेटकिपर क्विन्टन डी ककबाट उत्कृष्ट क्याच गराउँदै ९ रनमा पेभिलिएन फर्काए । ११ औं ओभरको पहिलो बलमा स्पिनर राहुल चहरले कप्तान दीनेश कात्र्तिकलाई ३० रनमा एललबिडब्लू आउट गरे । दीनेशले २३ बलमा ५ चौका प्रहार गरे ।
१२ औं ओभरको चौथो बलमा पोलार्डले हार्दिक पान्ड्याबाट नितेश राणालाई २४ रनमा क्याच आउट गराउँदा कोलकाता १००–५ को अवस्थामा पुगेको थियो । १६ औं ओभरको पहिलो बलमा जस्प्रित बुमराहले आन्द्रे रसेललाई ११ रनमा बोल्ड आउट गरेपछि कोलकाताको जित टाढिएका थियो । चौथो बलमा बुमराहले ओईन मोर्गनलाई डी ककबाट १६ रनमा क्याच आउट गराए । प्याट कमिन्सले १२ बलमा ४ छक्का र १ चौका सहित ३३ रन जोडेपनि जितको लागि पर्याप्त भएन ।

मुम्बईका जस्प्रित बुमराहले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । ट्रेन्ट बोल्टले ४ ओभरमा १ मेडन सहित ३० रन खर्चेर २ विकेट लिए । जेम्श प्याटिसनले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । राहुल चहरले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । काइरन पोलार्डको नाममा एक विकेट रह्यो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ३ चौका र ६ छक्काको सहयोगमा ८० रन बनाएका हुन् । मुम्बईका लागि सुर्य कुमार यादवले ४७ रनको योगदान गरे । त्यस्तै सौरव तिवारीले २० रन बनाउँदा हार्दिक पाड्याले १८ रन र पोलार्डले १३ रन बनाउन सफल भए ।

बलिङतर्फ कोलकक्ताका लागि शिभम मावीले दुई विकेट लिए । त्यस्तै कप्तान सुनिल नारायण र आन्द्रे रशेलले एक–एक विकेट लिए । पहिलो खेलमा चेन्नई सुपर किङ्ससँग पाँच विकेटले पराजित भएको मुम्बईले पहिलो जित निकालेको हो । साथै युएईमा मुम्बईले अहिलेसम्म खेलेका ७ खेल मध्ये बुधबार रातिको पहिलो जित हो । यसअघि सन् २०१५ को आइपिएका केही खेल युएईमा भएको थियो ।

प्रतिक्रिया