मुगु । जिल्लाको सदरमुकाम गमगढीमा एक जनालाई कोरोना पोजेटिभ देखिएको छ । खत्याड गाँउपालिकामा यसअघि ३ जनमा कोरोना पोजेटिप देखिए पनि अन्य पालिकाहरुमा शुन्य जस्तै रहेका थिए । छायाँनाथ रारा नगरपालिका भित्र रहेको एक कार्यालयमा कार्यरत ३८ वर्षीय लेखापालको स्वाव परिक्षण गर्दा उनको सोमबार रिपोर्ट पोजेटिभ आएको हो ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयले मुगुबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाएका ६२ जनाको स्वावहरु परिक्षण गर्दा एक जनाको रिपोर्ट पाजेटिभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख निर्मल नगकोटिले बताए ।
जिल्लाको प्रमुख कार्यालयमा कार्यरत लेखापालको पोजेटिभ रिपोर्ट आएकाले ती लेखापालको कन्ट्रयाक टे्रसिङ गरेर सबैको पिसिआर परिक्षण गरिने र सोमबारदेखि एक हप्तासम्म उनको सम्पर्कमा रहेका व्यक्तिहरुलाई घरभन्दा बाहिर ननिस्कन आग्रह गरिसकेको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताए ।
आईतबार कोष तथा लेखा नियन्त्रण कार्यालयमा नयाँ लेखा प्रणालीबारे सामान्य छलफलमा सहभागी लेखापालसँगै उनी पनि सहभागी भएका थिए । त्यसैले सहभागी सबै लेखापाल साथीहरुलाई कम्तिमा एक हप्तासम्म आफ्नो घरबाट बाहिर ननिस्कन फोन गरेको बताइएको छ ।
यस अघि खत्याड गाँउपालिकामा देखिएका ३ संक्रमितहरु मध्ये दुई जानले कोरोनालाई जितेर घर फर्किएका छन् भने एक जना महिला रातापानी आईसोलेसनमा बसेकी छन् । सोमबार पोजेटिभ रिपोर्ट आएका कर्मचारीको अवस्था सामान्य रहेको र उनि आफ्नै डेराको आसोलेसनमा बसेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।
प्रतिक्रिया