मन्त्रीको गाडीमा कालो ब्यानर ढपक्क

रौतहट, ३१ साउन । रौतहटको चन्द्रनिगाहपुरमा विपक्षी दल सम्बद्ध युवा/विद्यार्थीले उद्योग मन्त्री अनिलकुमार झा चढेको गाडीलाई कालो व्यानर ढपक्क ओढाई दिएका छन् ।
संघीय सद्भावना पार्टी अध्यक्ष समेत रहेका मन्त्री झाको गाडीलाई आज विहान चन्द्रनिगाहपुरमा रोकेर युवा÷विद्यार्थीले कालो व्यानर ओढाएका हुन् ।
पार्टीको कार्यकर्ता प्रशिक्षण भेलामा सहभागी हुन झा त्यस तर्फ जाँदै थिए ।
मन्त्रीको झण्डावाला गाडीलाई कालो व्यानर ओढाएका युवा/विद्यार्थीले भ्रष्ट सरकार राजीनामा दे, कामचलाउ सरकार मुर्दावाद जस्ता चर्का नारावाजी लगाएका थिए ।
मन्त्री झाका अंगरक्षकले गाडीमा ओढाईएको कालो व्यानार हटाईदिएका थिए ।
तरुण दल, नेविसंघ, युवा संघ नेपाल र अनेरास्ववियुका कायर्कताले कामचलाउ सरकारको विरोधमा मन्त्री चढेको गाडीमा कालो व्यानर ओढाएको युवा संघका केन्द्रीय सस्य बाबुराम दाहालले बताए ।
विपक्षी दल सम्बद्ध युवा/विद्यार्थीले कामचलाउ सरकरका प्रधानमन्त्री र मन्त्री विरुद्ध प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया