प्युठान । प्युठानमा आज थप २८ जना कोरोना संक्रमित पुष्टि भएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा जिल्लाका क्वारेन्टाईनमा बसेका २८ जनाको रिपोर्ट पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।
कोरोना पोजेटिभ देखिएका मध्ये सरुमारानी गाउँपालिकाका १७, स्वर्गद्वारी नगरपालिकाका ११ जना रहेका छन् । संक्रमित १ देखि ६४ वर्ष उमेर समूहका रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ । जसमध्ये ७ महिला २१ पुरुष रहेका छन् ।
जिल्लाभर कुल संक्रमित ४ सय ५ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ६८ रहेको छ । त्यस्तै, निको भएर घर जानेको संख्या ३ सय ३७ जना पुगेको छ । जिल्लाको आइसोलेसनमा उपचाररत संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।
प्युठान
प्रतिक्रिया