कोरोनाबाट बच्‍न भन्दै उत्तर कोरियामा पनि लकडाउन

एजेन्सी । त्तर कोरियाली नेता किम जोङ उनले कोरोना भाइरस संक्रमणबाट बच्‍न उत्तर कोरियाका सीमा क्षेत्रमा पर्ने मुख्य सहरमा लकडाउनको घोषणा गरेका छन् ।

दक्षिण कोरियासँग जोडिएको सहर कायसोङ लगायत केही सहरमा लकडाउन घोषणा गरिएको बताइएको छ । साथै ती सहरका थुप्रै मानिसलाई क्‍वारेन्टाइनमा राखिएको दक्षिण कोरियाली मिडियाले जनाएका छन् ।

प्रारम्भिक चरणमा उत्तरले आफूहरुकहाँ कोरोना नभएको दावी गरे पनि पछिल्लो समय कोरोनाबाट बच्‍न सर्वोच्च नेता किमले सावधानी अपनाउन थालेका छन् ।

तर पनि उनले विदेशी सहयोग नलिने घोषणा गरेका छन् । केही विज्ञले भने यहाँको अति कडा सावधानी र शतर्कताका कारण संक्रमण फैलिन नपाउने तर्क गरेका छन् ।

प्रतिक्रिया