नेकपा भित्रको विवाद मिलाउन ६ सदस्यीय समिति गठन

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रै केही समय अघिदेखि हुँदै आइरहेको विवाद मिलाउनका लागि शुक्रबार ६ सदस्यीय समिति गठन भएको छ । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच कार्यदल बनाउने सहमति भएको नेकपा स्रोतले जनाएको छ ।

उक्त गठन गरिएको समितिमा महासचिव विष्णु पौडेलसहित जर्नादन शर्मा, शंकर पोखरेल, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे रहेको जनाइएको छ । यसभन्दा अघि प्रधानमन्त्री ओलीलाई प्रचण्डले दुवै पद छाड्न दवाव दिँदै आएका थिए भने ओलीले कुनै पनि पद नछाड्न अडान लिँदै आएका थिए ।

प्रतिक्रिया