सिरहा । सिरहा जिल्ला भरीमा बिहीबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै यहाँ हालसम्म संक्रमितको संख्या १४ पुगेको छ ।
बुधबार २ जनामा कोरोना पुष्टि भएकोमा आज थप ६ जनामा कोरोना संक्रमित पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज कुमार गुराँगाईले जानकारी दिए ।
आज थपिएका ६ जना मध्ये बरियारपट्टी गाउँपालिकाका ५ जना र लक्ष्मिपुर पतारी गाउँपालिकाका एक जना संक्रमितहरु भारतबाट आएका हुन् ।
त्यस्तै, यसअघी सखुवानान्कारकट्टी गाउँपालिकाका एक जना, भगवानपुर गाउँपालिकाका ४ जना, नवराजपुर गाउँपालिकाका १ जना जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुखका अंगरक्षक एक जना र गाडी चालक एक जना गरी ८ जना पुष्टि भइसकेको छ ।
उनीहरुको आइसोलेसनमा राखी उपचार भइरहेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाले जनाएको छ ।
प्रतिक्रिया