बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले आफ्ना देशको सेनालाई लडाईंको लागि तयार हुन आदेश दिएका छन् । देशको सार्वभौमसत्ता रक्षाका लागि खराब अवस्थाको सामना गर्न तयार रहन उनले आदेश दिएका हुन् ।
राष्ट्रपति सीले पछिल्लो समय लद्दाखलगायत केही सीमाक्षेत्रमा भारतीय सेनासँग तनाब बढिरहँदा चिनियाँ राष्ट्रपतिले सो आदेश दिएको जनाइएको छ ।
गत मार्चयता चिनियाँ सेना र भारतीय सेनाबीच कैयौँ पटक भनाभन र झडपसमेत भएको थियो । यसबीचमा चिनियाँ सेनाले सीमाक्षेत्रमा बंकर बनाउने तयारी गरेको छ । साथै, भारतीय सेनाले गस्ती बढाएको छ ।
प्रतिक्रिया