पर्खिनुस्, ‘हात धोएर जानुहोला’

दैलेख । यतिबेला कोरोनाको त्रास जताततै फैलिएको छ । चीनमा उत्पन्न भएको यो भाइरस विश्वभरमै महामारीका रूपले फैलिएकोे छ । साथै, नेपाल पनि यससबाट अछुतो रहन सकेको छैन । कोरोनाको जोखीम बढ्दै जान थालेपछि सरकाले नेपाललाइ लकडाउनको घोषणा गर्यो । कोभिड–१९ फोहोरबाट पनि फैलिने जोखिम बढेसँगै कोही व्यक्ति एक अर्काको नजिक नजाने र सरसफाइलाई मुख्य ध्यान दिनुपर्ने देखिएको छ ।

नागरिकलाई सरसफाईमा ध्यान दिनको लागि गाउँदेखि शहर तथा स्थानिय तह र केन्द्रसम्म मास्कलगायत विभिन्न सरसफाई सामग्री वितरण गरिएको छ । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै देशमा अझै लकडाउन थपिँदै जाने देखिन्छ । नेपाल जस्तो गरिब देशमा यो रोग फैलिन नदिको लागि लकडाउन बाहेक अर्को कुनै उपाया नै छैन ।

यता गाउँ–गाउँमा यो रोग फैलिन नदिनको लागि सरसफाईमा उच्च सतर्कता अपाउन विभिन्न संघ संस्था तथा स्थानिय सरकारहरू लागिपरेका छन् । दैलेख जिल्लामा सञ्चालीत विश्व खाद्य कार्यक्रमसँगको सहकार्यमा एकीकृत विकास समाज नेपाल (आइडिएस–नेपाल) द्वारा सञ्चालित बिद्यालय सरसफाई कार्यक्रमद्वारा लकडाउनको समयमा पनि निरन्तर विद्यालय सेवा क्षेत्र भित्रका समुदायहरुमा आफ्नो कार्यक्रमलाइ प्राथमिकता दिँदै आएको छ ।

यस कार्यक्रमका सामाजिक परिचालकहरुले गाउँमा सरसफाई सम्बन्धी समुदायलाई सजग पार्दे आएका छन् । उनिहरु गाउँमा अहिले विद्यालय बन्द भएको बेला विद्यालय नजिकका समुदायसँग सरसफाईका बारेमा चेतना दिँदै हिँडिरहका हुन्छन् । उनिहरु कहिले घर–घरमा पुगेर चेतना दिन्छन, कहिले विद्यालय त कहिले नागरिहरु जम्मा भएको ठाउँमा लकडाउनको समयमा झनै उनिहरुको सक्रियता देखिन्छ । त्यसै मध्येका एक हुन् सामाजिक परिचालक दिपेन्द्र रेग्मी ।

उनले भगवतीमाई गाउँपालिका वडा नं ३ र ४ का आम नागरिकलाई सरसफाईमा चेतना दिँदै, बाटोमा हिँड्ने बटुवालाईसमेत भन्छन्, ‘पर्खिनुस् साबुन पानीले हात धोएर जानुहोला ।’ उनका अनुसार प्रायः रोगहरु सरसफाईमा ध्यान नदिँदा लाग्ने भएकोले आफूले गाउँमा सरसफाई सम्बन्धी चेतना दिनुपरेको हो ।

लकडाउनको बेला एकीकृत विकास समाज नेपाल (आइडीएस–नेपालले) नगर तथा गाउँपालिकालाई आर्थिक भार नपर्ने गरि सामाजिक परिचालकलाई स्वंयमसेवकको रुपमा परिचालन गरेको छ । उनिहरु स्थानिय तहले दिएको जिम्मेवारी अनुसार विवरण संकलन, राहत वितरणमा सहयोग, लकडाउननको अनुगमन आदि कार्य गर्दै नागरिकलाई नियमित रुपमा हात धुनुको महत्व र आवश्यकता, कोरोना भाइरसको संक्रमणबाट बच्ने उपायका बारेमा जानाकारी गराउँछन् ।

जिल्लाका ११ वटा स्थानिय तह मध्ये ६ वटा स्थानिय तह नौमूले, भगवतीमाई, भैरवी चामुण्डाविद्रासैनी ठाटिकाँध आठविसमा १२ जना सामाजिक परिचालक र १ जना पालिका संयोजक रहेका छन् । उनिहरुले सरसफाई सम्बन्धी काम गर्ने गर्छन् । एकीकृत विकास समाज नेपाल (आइडिएस–नेपाल) को मुख्य काम भनेकै स्थानिय तहसँगको समन्वय र सहकार्यमा नै कार्यक्रम सञ्चालन गर्र्ने रहेको (आइडीएस–नेपाल) दैलेखका कार्यक्रम अधिकृत रमेश खनालले जानकारी दिए ।

आइडीएस–नेपालको काम विद्यालयस्तरमा भए पनि लकडाउनका कारण विद्यालय बन्द छन् । विद्यालय बन्द भएको कारण विद्यालयमा आउने विद्यार्थीका अभिवावकलाई सरसफाईमा जागरुक बनाउन सके विद्यालयमा सरसफाई हुने हुँदा सुदायमै गएर सरसफाईको महत्वको बारेमा प्रकाश पार्ने गरेको आइडीएस–नेपालले जनाएको छ ।

प्रतिक्रिया