मुगु । कोरना भाइरस संक्रमण रोकथामका लागि छाँयानाथ रारा नगरपालिकाले आफ्नो नगरभित्रका पाँच हजार ५ सय घुरधुरीकालाई स्वास्थ्य समग्री वितरण गर्न लागेको छ । सरसफाईका सामग्री प्रत्येक व्यक्तिलाई सर्जिकल मास्क, हात धुने साबुन र प्रति घरलाई सेनिटराईज वितरण गर्न लागेको हो ।
आर्थक वर्ष ०७६–७७ मा छाँयनाथ रारा नगरपालिकाले आप्ना १४ वडामा विनियोजित गरेको कुल बजेटबाट रकमान्तरण गरी प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकी रकम नगरपालिकाले जम्मा गरी कुल १ करोड १० लाखमा कोेराना भाइरसको संक्रमण रोकथामका लागि चाहिने उपकरण र सरसफाईका समग्री खरिद गरी आफ्नो नगरभित्रका १४ वडाका पाँच हजार ५ सय घरधुरीका २६ हजार सर्वसाधरण र नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई उपकरण वितरण गर्न लागिएको छाँयानाथ रारा नगरपालिका स्वास्थ्य शाखाका संयोजक शिवहरी रोकायाले जानकारी दिए ।
शनिबार जिल्लास्थित संचारकर्मी, संघीय सांसद गोपालबहादुर बम र नगरपालिकाका जनप्रतिनधिलगायतले नगरपालिकाले खरिद गरेका स्वास्थ्य सामग्रीको निरिक्षण गरेका थिए ।
प्रतिक्रिया