काठमाडौं । खाडी मुलुक साउदी अरब रोजगारीको सिलसिलामा गएका चार जना नेपाली पनि कोरोनाबाट संक्रमित पुष्टि भएको छ । नेपाली दूतावास साउदी अरबले चार जना नेपाली कोरोना संक्रमित पुष्टि भएको आइतबार जानकारी दिएको छ ।
उनीहरूको अवस्था स्थिर रहेको नेपाली दूतावास साउदीले जनाएको छ । अहिलेसम्म साउदीमा कोरोनाबाट संक्रमितको संख्या २३ सय ७० पुगेको छ भने २९ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया