बारा, २१ साउन । बारा जिल्लामा प्रहरीले ग्याँस बोक्ने ट्याङकरबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय सिमरा र प्रहरी चौकी पथलैयाको संयुक्त प्रहरी टोलीले आज विहान पिपरा सिमरा–९ बाट चार सय किलो आगूऔषध गाँजा बरामद गरेको हो ।
हेटौडाबाट बीरगंजतर्फ जाँदै गरेको एचआर ५५ क्यू ५५६७ नम्वरको भारतीय ग्याँस बोक्ने ट्याङकरमा चेक जाँच गर्दा सो परिमाणको लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले लागूऔषध गाँजा बोक्ने ट्याङकर र चालकलाई नियन्त्रणमा लिएको छ । गाँजा भारतमा तस्करीका लागि लगिदै थियो ।
प्रतिक्रिया