चार घाण्टा उपत्यका बन्द

काठमाडौं, २१ साउन । कामचलाउ सरकारले गलत कार्य गरेको आरोप लगाउँदै विरोधमा आज एमाले निकट युवा संघ नेपालले राजधानी उपत्यकामा बन्द आह्वान गरेको छ ।
विहान छ बजे देखि दस बजेसम्म भएको बन्दका कारण राजधानीको जनजीवन केही समय प्रभावित भएको प्रहरीले जनाएको छ । बन्दलाई सफल बनाउन संघका कार्यकर्ता विहानै सडकमा उत्रिएका थिए ।
बन्दको अवज्ञा गरेको भन्दै संघका कार्यकर्ताले केही सवारी साधनमा तोडफोड समेत गरेको प्रहरीले जनाएको छ ।
कामचलाउ सरकारले सहमति खोज्ने भन्दा पनि मुलुकलाई मुठभेडमा प्रवेश गराएको संघको आरोप छ ।

प्रतिक्रिया