कालिकोट । स्वास्थ्य अधिकारसम्बन्धी सरोकारवालाहरूविच अन्तरक्रिया कार्यक्रम आइतबार खाँडाचक्र नगरपालिकामा सम्पन्न भएको छ । स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने कार्याक्रमअन्र्तगत इन्सेक कालिकोटको आयोजनामा स्वास्थ्य अधिकार सम्वन्धि अन्तरक्रिया सम्पन्न भएको हो ।
इन्सेक जिल्ला प्रतिनिधि कालीबहादुर मल्लको अध्यक्षता तथा जिल्ला अस्पताल विकास समिति कालिकोटका अध्यक्ष सरोज वोगटीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वास्थ्य क्षेत्रको समस्या समाधानका उपायबारे छलफल भएको थियो । सहभागि सरोकारवालाहरूले नगरपालिकामा रहेका सबै वडाको स्वास्थ्य अवस्था तथा समस्याको पहिचान गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा देखिएका जटिल समस्याहरूलाई निकारण गरी स्वास्थ्य क्षेत्रमा पहुँच पुगाउन सरोकारवालहरुले खेल्ने भुमिकाका विषयमा बृहत बहस भएको छ । खाँडाचक्रभित्र रहेका जिल्ला अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य इकाइमा जनशक्ति, उपकरण, खानेपानी, शौचालय, भवन र आवश्यक औषधीकोसमेत समस्या रहेकोले नगरपालिकाले ध्यान दिन आवश्यक रहेको बताइएको सहभागीहरूले बताएका छन ।
अन्तरक्रियामा खाँडाचक्र नगरपालिका स्वास्थ्य संयोजक रविन्द्र सेजुवाल, मानवअधिकार समूहका अध्यक्ष अविसरा अधिकारीलगाएत नागरिक समाज, पत्रकार एवं अन्य सरोकारवालाहरूको उपस्थित रहेको थियो ।
कालिकाेट
प्रतिक्रिया