विराटनगर । श्रवण दृष्टिविहीनहरूको क्षमता विकासका लागि मोरङमा स्वस्थ जीवन परियोजना सञ्चालनमा आएको छ । श्रवण दृष्टिविहीनलाई शारीरिक र मानसिक रूपमा स्वस्थ बनाउने परियोजना सञ्चालनमा आएको हो ।
सेन्स इन्टरनेसनलको आर्थिक सहयोग तथा राष्ट्रिय बहिरा महासंघ नेपालकोे सहकार्यमा कोसी बहिरासंघको आयोजनामा परियोजना सञ्चालनमा आएको हो । पहिलो चरणमा विराटनगर महानगरपालिकामा परियोजना सञ्चालन हुँदै आएको छ । कोसी वहिरासंघ विराटनगरको आयोजनमा विराटनगरमा मंगलबार आयोजित कार्यक्रममा सो कुुराको जानकारी गराइएको हो ।
परियोजनाअन्तर्गत श्रवण दृष्टिविहीनलाई शिविरमा ल्याएर निःशुुल्क थेरापी तथा उपचारको व्यवस्था, ट्रेनिङ तथा सेन्टरमा आउन नसक्ने बालबालिकालाई घरघरमा पुुगेर खान सिकाउने तथा श्रवण दृष्टिविहीनका अभिभावकहरुलाई चेतनामुुलुुक तालिम तथा परिचयपत्र वितरण गरिने परियोजना प्रमुुख प्रसान्त दुुलालले बताए ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव वीरबहादुुर राईले श्रवण दृष्टिविहीनका अभिभावक वा परिवारलाई आयआर्जन हुुने खालका तालिम प्रदान गर्नुुपर्नेमा जोड दिए । कार्यक्रममा कोसी बहिरा संघकी सन्तोषी घिमिरेले मोरङमा श्रवण दृष्टिविहीनको अवस्थाको बारेमा जानकारी गराएकी थिएन् । मोरङमा २ सय ५४ जना श्रवण दृष्टिविहीन रहेकोमा विराटनगर महानगरपालिका क्षेत्रमा अहिलेसम्म १० जना श्रवण दृष्टिविहीन रहेको कार्यक्रममा जानकारी गराइयो । परियोजना तीन वर्षसम्म सञ्चालन हुुनेछ ।
प्रतिक्रिया