पत्रकार एवं साहित्यकार पुरस्कृत

काठमाडौँ । पत्रकारिता र साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्याएका पाँचजनालाई नेवाः पत्रकार राष्ट्रिय दबूले पुरस्कृत गरेको छ । दबूूको तेस्रो महाधिवेशनका अवसरमा आज आयोजित समारोहमा काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले उनीहरूलाई पुरस्कार प्रदान गरे।

पुुरस्कृत हुनेमा राष्ट्रिय समाचार समिति (रासस) का फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठ, रासस सुुनसरी समाचारदाता याम प्रधान, पूर्वराससकर्मी एवं साहित्यकार अमृतलाल श्रेष्ठ, पत्रकार हिमेशरत्न बज्राचार्य र वरिष्ठ पत्रकार एवं साहित्यकार मोहन दुुवाल रहेका छन्।

समारोहमा फोटो पत्रकार श्रेष्ठलाई ‘बाबुराजा ज्यापु फोटो पत्रकारिता पुरस्कार’ र समाचारदाता प्रधानलाई ‘ज्ञानदेवी स्थापित स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरियो । ती दुवै पुरस्कारको राशि जनही १० हजार रूपैयाँ छ।

साहित्यकार दुवाललाई १० हजार रुपैयाँ राशिको ‘वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार र पत्रकार बज्राचार्यलाई ११ हजार १०० रुपैयाँ राशिको ‘भिक्षु कुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरिको थियो।

पूर्वराससकर्मी एवं साहित्यकार श्रेष्ठलाई २० हजार रुपैयाँ राशिको ‘ज्ञानदेवी लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरियो । समाचारदाता प्रधान र साहित्यकार श्रेष्ठका पुरस्कार उनीहरूका प्रतिनिधिलाई हस्तान्तरण गरिएको थियो । सो अवसरमा महानगरपालिका प्रमुख शाक्यले सत्य तथ्या समाचार सम्प्रेषण गरेर नागरिकलाई ठीक बाटोमा हिँडाउने पत्रकारिता समाजले चाहेको बताए।

प्रतिक्रिया