कला इतिहास तथा कला परम्पराको ज्ञान कलाकार तथा समीक्षकको लागि घरको जग हो । रूखको जरा हो जसको माथि उभिएर सुसूचित कलाकारको परम्परालाई आपूmभित्र समाहित गर्दै आप्mना भावना र अनुभवलाई सम्मिश्रण गर्दै समय र ठाउँसापेक्ष आफ्ना प्रतिक्रिया व्यक्त गर्दै नितान्त पृथक तथा नयाँ कलाको सिर्जना गर्दछ । कला इतिहास परम्पराको अभावमा कलाकारले विगतका विषयवस्त,ु विधि, प्रविधि अथवा कला रूपमा सिर्जना गर्न सक्छ, जुन कला विगतमा सिर्जना गरिएको कामभन्दा विकृत तथा नराम्रो रूपमा देखिन सक्छ । एक सचेत तथा परम्पराबाट सुसूचित कला पारखीले नयाँ सृजित कला र विगतको काम सजिलै दाँज्न सक्छ । अनि, उसको प्रतिकृया हुनसक्छ– ए…फलानो कलाकारको जस्तो विषयवस्तु, विधि, प्रविधि रहेछ, त्यो पहिलेको कलाकारको काम बढी सुन्दर तथा प्रभावकारी थियो, यो नयाँ काम त त्यसैको विकृत रूप पो रहेछ आदि । त्यसकारण विगतको कलाको ज्ञान राख्दै त्यसमा नयाँ आयाम थपी आफ्नो पृथक परिचय दिन सक्नु कलाकारको सफलता ठानिन्छ । जसको लागि कला इतिहासको अध्ययन सान्दर्भिक देखिन्छ ।
अर्को गलत बुझाइ के छ भने परम्परागत स्वतःस्पूmर्त रूपमा अघिल्लो पिँढीबाट पछिल्लो पिँढीमा सर्दै जाने कुरा हो । बिसौँ शताब्दीका पश्चिमी समालोचक टि.एस. इलियटको विचारमा परम्परा आफैँ प्राप्त हुने कुरा होइन, आर्जन गर्ने कुरा हो– विगतका कलाको अध्ययन गरी । तर, इतिहासको अत्यधिक अध्ययन गर्न, धेरै कलाकारहरू र तिनका कामका विविध पक्षको ज्ञान राख्न, आफ्नो टाउकोलाई इतिहासका किताबले भर्न मात्र पनि प्रत्युत्पादक हुनसक्छ । यदि कलाकारले समसामयिक सन्दर्भमा नयाँ काम गर्न सक्दैन भने विगतका कलाकार र कामको अत्यधिक प्रशंसामा धेरै समय खर्चनु तर नयाँ काम नगर्नु, इतिहास अध्ययनको गम्भीर खतरा हो ।
इतिहास अध्ययनले व्यक्ति डिक्सनरी बन्न सक्छ तर डिक्सनरी सिर्जना होइन । उत्तर आधुनिक विचारका आदिपुुरुष फ्रेडरिक नित्से भन्दछन्– इतिहासले व्यक्तिलाई नोकर बनाउन हुँदैन, वर्तमानको काममा अवरोध ल्याउन हुँदैन, वर्तमानमा सही काम गर्न (ठीक एक्सन लिन) इतिहासलाई प्रयोग गर्नुपर्छ । उनी अगाडि भन्दछन्, इतिहासको ज्ञान नहुँदा जनावर भइन्छ– हिजोको कुरा आज बिर्सने, इतिहासको बोझ दिमागमा राख्दा जीवन उपयोगी तत्कालीन काम गर्न अवरोध हुनसक्छ । अझ अघि उनी भन्दछन्– मानिसले विगतका कुरा बिर्सन सक्नु एउटा वरदान हो किनकि तत्काल उसले आवश्यक एक्सन लिन सक्छ । अतः सम्झनु मात्र होइन बिर्सन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । नित्सेको यो कुरा पढ्दा मनमा सितलो लाग्यो । सम्भवतः इतिहासका घटना तथा तथ्य सम्झन नसक्ने, नचाहने आफ्नो कमजोरी भएर होला । जे भए पनि जसरी कलामा सन्तुलनको महत्व हुन्छ, त्यसरी नै इतिहास र वर्तमान कार्यमा सन्तुलन हुनुपर्छ भन्ने नित्सेको मत छ ।
यसको मतलव यो होइन कि विगतका विषयवस्तु, विधि तथा प्रविधिमा काम गर्नु हुँदैन । संसारमा कुनै कुरा आफैँमा पूर्णरूपमा निर्भर छैन । फेरि टि.एस. इलियटको विचारमा भन्नुपर्दा एउटा कला सधैँ इन्टरटेक्सुआलिटी भनिन्छ । यस्तो कामले कलाकारको परम्पराको बृहत् अध्ययनलाई प्रतिबिम्बित गर्दछ । आफ्नो कला अरू कलासँग जोडिनुको अर्थ नक्कल गर्नु होइन, स्थापित मान्यता, विचार र विधिलाई नयाँ पक्ष थपी परम्परालाई आधुनिकतामा विकास गर्नु हो । इतिहास तथा कला परम्पराको महत्वलाई आत्मसात् गर्दै त्रिभुवन विश्वविद्यालयमा सञ्चालन भएको ललितकलाको स्नातकोत्तर तहमा नेपाली कलाको इतिहास (प्रथम वर्ष ) र पश्चिमी कलाको इतिहास (द्वितीय वर्ष) को पाठ्यक्रम तयार गरी अध्ययन अध्यापन कार्य भइरहेको छ । नेपाली कलाको इतिहासमा मल्लकालदेखि बिसौँ शताब्दीसम्मका कला कार्य तथा कलाकारको अध्ययन समेटिएको छ । यसअन्तर्गत चित्रकला, मूर्तिकला तथा वास्तुकलाका विविध रूप, विषयवस्तु तथा पक्षहरूको गहन अध्ययन हुनेछ ।
चित्रकलाको इतिहासमा ग्रन्थचित्र, पौभा, पटचित्र, भित्तेचित्र, समकालीन चित्रकलाको विकास तथा प्रवृत्ति आदि शीर्षक छन् । उल्लिखित अघिल्ला चार प्रकारका चित्रहरू धार्मिक चित्र हुन् । यी चित्रहरू हिन्दु र बौद्ध धर्मका धर्मग्रन्थ तथा पौराणिक कथामा आधारित भई समकालीन सांस्कृतिक, समाजिक तथा धार्मिक जीवनमा नैतिक मान्यता स्थापना गर्न प्रयत्न गरिरहेको आभास हुन्छ । हामी वरिपरि रहेको भौतिक संसारलाई सञ्चालन गर्ने अन्तर्निहित अदृश्य शक्तिको पहिचानमा पनि यी चित्रले जोड दिएको हुँदा, यी रहस्यमय देखिन्छन् । अदृश्य शक्ति तथा देवीदेवतालाई मानवीय आकारमा प्रस्तुत गरिएको हुँदा यिनलाई मानवकेन्द्रित चित्रको रूपमा पनि हेर्न सकिन्छ । त्यसमा पनि मानवको यौवन अवस्थाको चित्रण व्यापक पाइन्छ । मृृत्युशैयामा पनि बुद्धको शरीर बीसबाइसे ठिटोको जस्तो देखिन्छ भने लक्ष्मी, पार्वती, सरस्वती तथा विष्णुका रूपहरू सोह्र, सत्र वर्षको जस्तो कलकलाउँदो देखिन्छ । गोलो, सुडौला, हात पाखुरा, खुलेको पुष्ट छाती र बारुले कम्मरको रूपले दर्शकमा रहेको यौवनताको आन्तरिक आवेगलाई उनीहरूको अनुहारमा प्रतिबिम्बित गर्न उत्प्रेरित गर्दछन् । ग्रन्थहरूमा चित्र र शब्द चित्रको संयोजन पाइन्छ । विगतको त्यस समयमा कलामा रहेको विविध विधाको सामिप्यताको (साहित्य र चित्रकला) पनि झलक पाइन्छ । जुन प्रवृत्ति आधुनिक, पपकला तथा प्रतिस्थापन र प्रस्तुति कलामा पनि देख्न सकिन्छ ।
पौभाले मुख्य रूपमा तान्त्रिक दर्शनलाई चित्रकलामा प्रयोग गरी मार्मिक आध्यात्मिक पक्षको मिलन सांसारिक पक्षसँग गरिएको छ । प्रकृति र पुरुष, शिव र पार्वती, सम्भर र बज्रवाराहीको यौनिक मिलनको प्रस्तुति गरी साधक तथा योगीको ब्रह्माण्ड तथा परब्रह्मसँगको मिलन र त्यसपछिको चरम आनन्दको अवस्थालाई संकेत गरेको आभास हुन्छ । अर्को अर्थमा वेदान्तमा उल्लिखित कठिन साधना विधि जस्तो जंगलमा गई तपस्या गर्नु, ब्रह्मचारी रहनु, संसारका मीठा र आनन्द लिने वस्तुको त्याग गर्नु, विशाल शास्त्रहरूको अध्ययन गर्न आदि विधिबाट मात्र ब्रह्मज्ञान प्राप्त हुने होइन, संसारका मीठा र रसिला वस्तुको सेवन, जस्तै महिला र पुरुषको यौनिक मिलनको अभ्यास, साधनाबाट पनि परमात्मासँगको मिलनको बाटोको सुरुवात हुनसक्छ । पौभा चित्रले यस्तै अन्य दार्शनिक प्रश्न उब्जाउँछन् । किन हरेक जीवित प्राणीमा यौन आकर्षण हुन्छ ? सन्तान उत्पादनको लागि, सन्तान उत्पादन नभए के हन्छ ? उक्त जीवको प्रजातिको अन्त्य । मानौँ, मानिसलाई त सन्तान उत्पादन नभए आप्mनो प्रजातिको अन्त्य हुन्छ भन्ने थाहा छ र सन्तान उत्पादन गर्छ । के मकैको बोटलाई यो थाहा छ ? बाँदरलाई थाहा छ वंश नाश हुने ? सायद थाहा छैन । तर पनि सन्तान उत्पादन गर्छ किन ? अवचेतन रूपमा भए पनि बाँदरले यो काम गर्छ किन ? यस्तो गर्न उसलाई कुन अदृश्य शक्तिले बाध्य बनायो ? ईश्वरले वा अरू कसैले ? अतः यौन, प्रकृति र पुरुषको मिलनको अध्ययन परब्रह्म चिन्ने सुरुवातको विन्दु हुनसक्छ भन्ने आशय पौभाको हुनसक्छ ।
पटचित्र पनि धार्मिक चित्र हो जसमा पौराणिक कथाहरूलाई प्रस्तुुत गरिएको हुन्छ । पौभा चारकुने तथा सामान्यतः वर्गाकारको हुन्छ भने पट क्षितिजीय बनावटमा हुन्छ । कथाको लम्बाइले चित्रको लम्बाइलाई निश्चित गर्दछ । पौभाचित्र पटचित्रभन्दा बढी सुसंगठित हुन्छ । यद्यपि, चित्र निर्माणका प्रविधि र सामग्री उस्तै हुन्छन् । भित्ते आकारमा प्रस्तुत गरिएको हुन्छ । माथि उल्लिखित अधिकांश चित्रका प्रकारहरू धार्मिक हुन्, कोही चित्रहरू लौकिक पनि छन् । जस्तो हितोपदेश ग्रन्थचित्र ।
मल्लकालका चित्रहरूमा पनि अघिल्लो कालखण्डभन्दा पछिल्लो कालखण्डका चित्रहरूमा लौकिक र सांसारिक विषयवस्तुहरू बढ्दै गएका छन् । जस्तै पौभाचित्रको तल्लो भागमा धार्मिक अनुष्ठानकर्ता वा यजमानका व्यक्तिचित्रहरू, पृष्ठभूमिमा पहाड, रूख, हिमाल, नदी आदि ।
मल्लकालको अन्त्यतिर केही व्यक्तिचित्र स्वतन्त्र रूपमा पनि सिर्जना गरिएका छन् । शाहकालमा व्यक्तिचित्र र अदृश्यचित्रहरू बढ्दै गए । राणाकालमा यस्तै लौकिक चित्रहरू मूलधारमा आए । धार्मिक आध्यात्मिक तथा अलौकिकताबाट सांसारिक र लौकिकताको गति हाम्रो समयमा आएर चरमविन्दुमा पुगेको छ । यस्तो अवस्थामा नेपालको वास्तुकलालाई हेरेर पनि बुभ्mन सकिन्छ । मल्लकालको वास्तुकलामा मन्दिर ठूला छन् र धेरै भूभाग ओगटेका छन् । यस तथ्यले त्यस बेलाको धार्मिक र आध्यात्मिक जीवनलाई संकेत गर्दछ । हाम्रो समयमा कम मन्दिर बन्नु, साना बन्नु, साँघुरो अनुपयुक्त स्थानमा बन्नु, पूजा कोठा करिएको कुनामा, अन्य कामको लागि उपयुक्त नहुने ठाउँमा बनाउनाले आध्यात्मिकताको पतन भौतिक र लौकिकताको हैकमतालाई बुभ्mन सकिन्छ ।
एमएफए नेपाली कलाको पाठ्यक्रममा लोककला र धार्मिक, सांस्कृतिक रीतिरिवाज तथा चाडपर्वको अभिन्न अंगका रूपमा अस्तित्वमा रहेका कलाका विविध पक्षहरूलाई पनि समेट्न सकेको भए अझ राम्रो हुन्थ्यो । परम्परागत यस्ता सांस्कृतिक रीतिरिवाजमा आधुनिक, प्रतिस्थापन र प्रस्तुति कलामा जस्तै चित्र, मूर्ति, संगीत, नृत्य, साहित्य आदि विधा एकै साथ प्रस्तुत भएका छन् । प्रायः सबै धार्मिक अनुष्ठानमा मण्डलाको रूपमा भू–सतहको व्यवस्थापन गरिन्छ । मण्डलाको केन्द्रमा अग्नि स्थापना गरिन्छ र अन्य देवता जस्तै गणेश, कुमार अग्निको वरिपरि देवदेवीलाई स्थापना गर्नुभन्दा पहिले उनीहरूको आसन, स्थान पनि रेखीले मण्डला तयार गरी बनाइन्छ । यो पनि एउटा चित्रकला हो । यस्तो मण्डला चित्र बनाउँदा पण्डित वा पुजारीले धार्मिक ग्रन्थबाट मन्त्र उच्चारण गर्दै तयार गर्दछन् । यो दृश्य हेर्दा यस्तो लाग्छ कवितावाचन र चित्रनिर्माण एक साथ भइरहेछ ।
मण्डलाको रूपमा स्थान तयार गरेपछि देवदेवीको कुशको प्रतिमा बनाएर उक्त आसनमा प्रतिस्थापन गरिन्छ । उक्त प्रतिमालाई मूर्तिकलाको रूपमा लिन सकिन्छ । त्यसै गरी पण्डितले मन्त्र पढ्दै अनुष्ठानकर्तालाई जल, पुष्प, अक्षता, नैवेद्य आदि वस्तु देवदेवतालाई अर्पण गर्न लगाउँछन् । घण्ट, शंख बजाउँछन् । यी क्रियाकलापमा संगीत, साहित्य, नाटक र प्रस्तुति कलाको सम्मिश्रणको झलक पाइन्छ ।
अग्निको स्थापना गरी धान, चामल, घिउ, चिनी आदि अर्पण गरी होम गर्नु, धार्मिक अनुष्ठानस्थलमा रूखहरू प्रतिस्थापन गर्नु, ध्वजापताकाले मण्डप सजाउनु आदि हेर्दा प्रतिस्थापन कलाको झलक आउँछ । त्यस्तै संगीतको स्थानमा भजन गाउनु र नृत्य गर्नु पनि विविध कलाको एक साथ प्रस्तुत गर्नु हो । विभिन्न चाडपर्व, रीतिरिवाज जस्तै तुलसी विवाह, व्रतबन्धमा पनि यस्ता कलाका पक्षहरू आएका हुन्छन् । विवाहको अवसरमा, दुलाहा दुलहीको घरको भित्तामा चामलको पिठो भिजाइ चित्र कोरिन्छ । जसलाई ‘जिम्ती’ भनिन्छ । यस्तो चित्र एक वर्षसम्म भित्तामा रहन्छ । अब प्रश्न उठ्छ अन्तरकला सम्बन्ध, प्रतिस्थापन र प्रस्तुति कला पश्चिमबाट हामीकहाँ आएको हो वा हाम्रो आफ्नै परम्पराबाट आएको हो ? यो आधुनिक हो वा परम्परागत ? हामीले हाम्रो इतिहास लेख्न नसक्दा, कलासम्बन्धी आफ्नै संवाद नहुँदा, तार्किक तथा सुसूचित समालोचना गर्न नसक्दा, संचारमा होहल्ला र प्रोपागाण्डा गर्न नसक्दा आधुनिक बन्न आप्mनै सम्पतिलाई पश्चिमको अरुकै हो भन्ने होडबाजी गरिरहेका त छैनौँ ? वास्तविकता र बाहिरी देखावटीमा फरक अवस्थाको भान हुन्छ ।
इतिहास र परम्पराको अध्ययनले कलाकारलाई उभिने बलियो, नहल्लिने, नभासिने चट्टान निर्माण गर्दछ । आत्मविश्वास वृद्धि गर्दछ ताकि उसले त्यहाँबाट कला परम्परामा नयाँ आयाम थप्न सकोस् । कलाकारभन्दा कला समीक्षकका लागि कलाको इतिहास अध्ययन अझ बढी महत्वपूर्ण देखिन्छ । इतिहास अध्ययनविना पनि केही न केही सिर्जना गर्न सकिन्छ । त्यस्ता सफल कलाकारहरू पनि छन् । चित्र, मूर्ति अरू वास्तुकला आपूm केही बोल्दैनन् । केही लेखेको देखिँदैन । अब समालोचना गर्दा के भन्ने ? अहो राम्रो लाग्यो, आहा आनन्द दियो जस्ता अभिव्यक्तिमात्र सन्तोषजनक समालोचना हुँदैनन् ।
इतिहास अध्ययनले समालोचकलाई शब्दहरू दिन्छ समालोचकीय विधि केही हदसम्म दिन्छ । वर्तमान कालका कलालाई पहिलेका कलासँग दाँज्न सकिन्छ । वर्तमान कलाले परम्पराका कुनै न कुनै आयामलाई आपूmसँग ल्याएको छ । र के नयाँ छ भन्न सकिन्छ । कला इतिहासको अध्ययनले कलाको भाषा पनि सिकाउँदछ । फलस्वरूप समालोचकले प्रस्तुत कलाभित्रका खास बुँदाहरूलाई प्रष्ट गर्न सक्दछ ।
कला समालोचकको लागि इतिहासभन्दा कला दर्शन, समालोचना, कला सिद्धान्त तथा सौन्दर्य शास्त्रको अध्ययन अझ महत्वपूर्ण हुन्छ किनकि यी विधाहरूले कला सिर्जना र कलालाई हेर्ने अनगिन्ती दृिष्टकोणहरू उपलब्ध गराउँछन् । उदाहरणका लागि प्लेटो, एरिस्टोटल, भासरी, बेलोरी, रोजरफ्राइ, कान्ट, माक्र्स, हेगेल, व्रmेस, नित्से आदिले कलालाई भिन्न भिन्न प्रकारले हेरेका छन् । त्यस्तै, प्रतिनिधित्ववाद, प्रयोजनवाद, संरचनावाद, रूपवाद, मनोविश्लेषणवाद, विनिर्माणवाद, आधुनिक तथा उत्तर आधुनिकतावाद, अस्तित्ववाद आदिले पनि कलालाई फरक फरक दर्शनको आधारमा हेर्दछन् । यस्ता दर्शन र समालोचनाबाट सुसूचित समालोचकले यीमध्ये कुनै दृष्टिकोणको आधारमा वा तिनलाई संयोजन गरेर वा आप्mनै पृथक् दृष्टिकोणको आधारमा समालोचना वा संवाद गर्न सक्छ । घण्टौँसम्म पनि एउटा कलाको बारेमा बोल्न सक्छ वा लामो समालोचनात्मक तार्किक निबन्ध लेख्न सक्छ । त्यसै गरी कलाकार पनि कला दर्शनको अध्ययनबाट जड रूढिवादी साँघुरो सोचाइबाट मुक्त भई आत्मविश्वासका साथ कला सिर्जनामा लाग्न सक्दछ । सिर्जनाका लागि उसका अगाडि अनगिन्ती बाटा र तरिकाहरू उपलब्ध हुन्छन् ।
इतिहासका सम्बन्धमा एउटा गलत विचार विद्यमान छ । त्यो हो इतिहास तथ्यमा आधारित हुन्छ र सधँै सत्य कुरा लेखिन्छ । यस सन्दर्भमा पश्चिमी समालोचक माइकल फुको को विचार सान्दर्भिक देखिन्छ । उनी भन्छन् इतिहास कसले लेख्यो ? कहिले लेख्यो ? त्यसबेला राज्यको शक्तिमा को थियो ? विद्यमान शक्ति वा बलले इतिहासको सत्यतालाई निीश्चत गर्दछ । इतिहास सामान्यतया शक्तिमा भएकाहरूको दृष्टिकोणबाट, उनीहरूकै प्रशंसा र सेवा गर्न लेखिन्छ । गरिब, महिला, अल्पसंख्यक जातजातिका आवाजलाई समेटिँदैन । शक्तिमा रहेकाको हैकमलाई बलियो पार्न नै झुठा कुरालाई साँचो रूपमा प्रस्तुत गरिन्छ ।
यस अर्थमा फुकोको दृष्टिकोणमा इतिहास एउटा उपन्यास पनि हुनसक्छ । समाजका शक्तिहरू र इतिहासले सद्दे वा ठीक मानिसलाई पागल र पागललाई ठीक मानिसको रूपमा प्रस्तुत गर्न सक्छ । यसकारण इतिहास अध्ययनकर्ता र समालोचकले कुन र कसको दृष्टिकोणबाट इतिहास लेखिएको हो भन्ने कुरामा चनाखो रहनुपर्ने देखिन्छ । पाठकले इतिहासलाई वैकल्पिक दृष्टिकोणबाट पनि हेर्नुपर्दछ । सीमान्तकृत वर्गको दृष्टिकोणबाट हेर्दा मूलधारको इतिहास उपन्यास हुन सक्छ । अतः इतिहास पढ्नु भनेको नयाँ इतिहास सिर्जना गर्नु पनि हो । यस अर्थमा एउटा अकाट्य इतिहास नभई, विभिन्न वैकल्पिक इतिहासको सम्भावना देखिन्छ । कलाका विद्यार्थी र समालोचक पनि यस विषयमा चनाखो हुनुुुुपर्ने देखिन्छ ।
प्रतिक्रिया