आदर्श माविमा पशुविज्ञान

दैलेख । पश्चिम दैलेखको भैरवी गाउँपालिका–६ घुम्नेखालीस्थित आदर्श माध्यमिक विद्यालयले डिप्लोमा तहको तीन वर्षे पशु विज्ञान विषय अध्यापनका लागि सम्बन्धन पाएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद् सिटिइभिटीको बुधबार प्रकाशित सूचनाअनुसार विद्यालयले उक्त विषय अध्यापनका लागि अनुमति पाएको हो ।

डिप्लोमा तहको तीन वर्षे पशुविज्ञान दैलेख जिल्लामै पहलोपटक अध्यापन गराउन लागिएको विद्यालयले दाबी गरेको छ । विद्यालयमा यसअघि गएको शैक्षिक सत्रदेखि डिप्लोमा तहको कृषि वालिविज्ञानको समेत अध्यापन भइरहेको प्रधानाध्यापक खगेन्द्र शाहले जानकारी दिए । स्थापनाकालदेखि नै जिल्लामा फरक अस्तित्व काएम राख्दै आएको विद्यालयले प्राविधिक तथा व्यावसायिक शिक्षामार्फत अब झनै बृहत् रूपमा अस्तित्व कायम गर्न लागि परिरहेको छ ।

अघिल्लो शैक्षिक वर्षदेखि करिब ३० जनाको संख्यामा स्थानीय र अन्य जिल्लाबाट विद्यालयमा प्राविधिक शिक्षा लिइरहेको विद्यालययले जनाएको छ । भने भर्खरै प्राविधिक तथा व्यावसायिक शिक्षा परिषद्, सिटिइभिटीबाट डिप्लोमा तहको तीन वर्षे पशुविज्ञान विषयको समेत अनुमति पाएको छ । उक्त विषयको अध्यापन यसै शैक्षिक सत्रदेखि नै सुरु हुने विद्यालयले जनाएको छ ।

लगभग सबै स्थानीयको मुख्य पेसा कृषि रहेको भैरवी गाउँपालिकामा कृषि प्राविधिकको उत्पादनका लागि तीन वर्षे कृषि बालीविज्ञान कार्यक्रम सञ्चालन भइरहेको विद्यालयको दावि रहेको छ । तरm यति मात्र नभई विद्यालयले यसै वर्षदेखि स्थानीयको मागअनुसार डिप्लोमा तह तीन वर्षे पशु विज्ञान पनि सञ्चालन गर्न लागेका कृषि बालीविज्ञान इन्चार्ज धीरेन्द्रबहादुर चन्दले जानकारी दिए ।

हाल विद्यालयमा शिक्षाशास्त्र र मानविकी संकायमा कक्षा ११ र १२ मा अध्यापन हुँदै आइरहेको छ । निकट भविष्यमा नै विज्ञान संकाय र व्यवस्थापन संकाय पनि सञ्चालन गर्ने उद्देश्य विद्यालयको रहेको छ । विद्यालयमा हाल करिब ३० भन्दा बढी विद्यार्थीहरू प्राविधिक शिक्षा लिइरहेका छन् । विद्यालय स्रोतको दाबीअनुसार अत्यन्तै न्यून शुल्कमा तीनवर्षे कोर्ष पढिरहेका छन् । विद्यालयले आपूmहरूले देशभरकै सस्तो शुल्कमा प्राविधिक शिक्षा दिइरहेको दाबी गरेको छ । अब पनि विद्यालयले तीन वर्षे पशुविज्ञान सोही अनुसारकै देशकै सर्वाधिक सस्तो शुल्कमा अध्यापन गराउने दाबी गरेको छ ।

साधारण शिक्षा लिएका विद्यालयका धेरैको संख्यामा पूर्वविद्यार्थीहरू बेरोजगार भएर खाडीमुलुक वैदेशिक रोजगारीको सिलसिलामा भिन्न देशमा पनि पुगे । यसै अवस्थालाई मध्यनजर गर्दै युवाहरूलाई स्वरोजगार बनाउने, स्थानीयस्तरमै व्यावसायिक बनाउने उद्देश्यले प्राविधिक विषयहरू अध्यापन गराउन सुरु गरिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया