युवती सम्पर्कमा नआउँदा कथित धर्तीमाताविरुद्ध मुद्दा कमजोर

काठमाडौँ । काठमाडौँको भद्रकाली मन्दिर परिसरमा कथित धर्तीमाताको नाममा कुटपिटमा परेकी पीडित युवती सम्पर्कमा नआउँदा मुद्दा कमजोर बनेको छ ।

दुव्र्यबहारबाट प्रभावित मान्छे सम्पर्कमा नआएकाले उक्त मुद्दाका आरोपी विष्णु कुँवरविरुद्ध अभद्र व्यवहार कसुरअन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए ।

‘युवती सम्पर्कमा आएको भए अर्कै मुद्दा चल्न सक्थ्यो, तर उनी नआएपछि अभद्र व्यवहारमा मुद्दा अगाडि बढाएका छौँ, ‘बोगटीले भने । उनका अनुसार अझै पनि युवतीको खोजीकार्य जारी रहेको र प्रहरीको सम्पर्कमा आए अर्को मुद्दा दर्ता हुनसक्ने उनको भनाइ छ ।

यही असार ५ गते आफूलाई धर्तीमाता बताउने कुँवरले उपचारका नाममा काठमाडौँमा एक युवतीमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । गुल्मी घर भई रुपन्देहीको बुटवलस्थित कालिकानगर बस्ने उनलाई काठमाडौँको बालाजुबाट तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो ।

उनले यसअघि पनि पटकपटक उपचारको नाममा दुवर््यबहार गर्दै आएको जानकारीमा आएकोले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले कुँवरका विरुद्धमा विभिन्न ठाउँबाट गुनासो आइरहेको जानकारी दिँदै उजुरीका आधारमा अन्य मुद्दा पनि चल्नसक्ने बताए ।

प्रतिक्रिया