बाढीपहिरोले विस्थापित संखुवासभाका २९ परिवालाई राहत सामग्री

खाँदबारी । संखुवासभाको मकालु गाउँपालिकाको पेपुवाका बाढीपहिरोले विस्थापितका लागि आज तुम्लिङ्टार विमानस्थलबाट नेपाली सेनाको हेलिकप्टरमा राहत सामग्री ढुवानी गरिएको छ ।

आइतबार प्रतिकूल मौसमका कारण राहत सामग्री ल्याउन सकिएको थिएन । मकालु गाउँपालिकाका उपाध्यक्ष चमेली राईका अनुसार गाउँपालिकाले ११७ बोरा चामल, १२ बोरा दाल, १०० किलो नुन र ७२ थान त्रिपाल खरीद गरेको थियो ।

पहिरोबाट मकालु–५, पेपुवाका चार गाउँका २९ परिवार विस्थापित भएका छन् । २२ घर उच्च जोखिममा रहेको राईले बताइन् । विस्थापित २९ परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने गरिएको हो । ती परिवारका वृद्धवृद्धा र बालबालिकालाई हेलिकप्टरबाट गाउँपालिकाको केन्द्र ल्याइएको छ ।

प्रतिक्रिया