काठमाडौंं । सरकारले शुक्रबार र शनिबार गरी दुई दिन देशभर रहेका साना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाएको छ ।
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै गर्दा बच्चालाई खाना खान रुच्ने र रक्तअल्पताबाट बचाउन पौष्टिक पाउडर बालभिटासमेत बाँडिएको उनले बताए । तर, यो कार्यक्रम ४१ जिल्लामा मात्रै सञ्चालन भएको उनले सुनाए
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तगर्तको पोषण शाखा प्रमुख केदार पराजुलीका अनुसार ६ महिनादेखि ५ वर्षसम्मका २७ लाख ६८ हजार ५ सय ४० जना बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको हो । त्यस्तै १ वर्षदेखि ५ वर्ष उमेरका २३ लाख ५६ हजार ८ सय ४३ लाख बालबालिकालाई जुकाको औषधि खुवाउने लक्ष्य रहेको जानकारी दिए ।
भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै गर्दा बच्चालाई खाना खान रुच्ने र रक्तअल्पताबाट बचाउन पौष्टिक पाउडर बालभिटासमेत बाँडिएको उनले बताए । तर, यो कार्यक्रम ४१ जिल्लामा मात्रै सञ्चालन भएको उनले सुनाए । यस्तै, ५३ वटा जिल्लामा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाको पाखुराको नाप लिने कार्यक्रमसमेत तोकिएको छ ।
महाशाखाले यी सबै कार्यक्रमका लागि देशभर ३६ हजार बुथ तोकेको र अभियानमा ५१ हजार ४ सय ७० जना महिला स्वयंसेविका, ९ हजार २ सय ४६ जना स्वास्थ्यकर्मी गरी ६० हजार ७१६ जना जनशक्ति परिचालन भएको बताएको छ । पराजुलीले शुक्रबार देशभरका खोप केन्द्रहरूमा महिला स्वास्थ्य स्वयंसेविकाले खुवाउने र शनिबार छुटेकाहरूलाई स्वास्थ्य संस्थामा गएर खुवाउन सक्ने बताए ।
भिटामिन ‘ए’ को कमीले बालबालिकामा हुन सक्ने कुपोषण, झाडापखाला, दादुरा लगायतका रोग तथा जुका पर्ने समस्यालाई न्यूनीकरण गर्न सरकारले सन् २००१ देखि हरेक ६–६ महिनामा देशैभर यो कार्यक्रम सुरु गरेको छ । यसपटक ६ महिना अघि गत कात्तिकको १८ र १९ गते कार्यक्रम भएको थियो ।
भिटामिन ‘ए’ को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगप्रति लड्न सक्ने क्षमतामा कमीजस्ता समस्या हुन्छ । यसअघि कार्यक्रमका लागि सबै स्थानीय तहबाट सहयोग समन्वय गरी अभियान सफलतापूर्वक सञ्चालन गर्न सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई निर्देशन दिएको थियो ।
पहिले जिल्ला स्वास्थ्य र जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्ना जिल्लामा कार्यक्रम सञ्चालन गर्ने गर्दथे । संघीयतापछि देशभरका ७ सय ५३ स्थानीय तहले यो कार्यक्रम गर्ने जिम्मेवारी पाएका थिए । कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्योलमा परेका कारण केही स्थानमा भने खोप कार्यक्रम प्रभावित हुने देखिएको छ ।
प्रतिक्रिया