लमही । तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छै्रैन । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्यांकअनुसार उपमहानगरमा २० वर्षभन्दा मुनिका ३ सय ७५ गर्भवती भएका छन् ।
यो तथ्यांक हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताए । ‘अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुन सकेको छैन’, उनले भने, ‘चालु आर्थिक वर्षको आठ महिनामा ३ सय ७५ किशोरी गर्भवती जाँच गर्न आएका छन् ।’ साथै चालु आवमा २० वर्ष भन्दामुनिका १७ ले गर्भपतन गराएका छन् ।
त्यस्तै, २० वर्षभन्दामुनिका ११ पिल्स, १८३ ले डिपो, ८२ ले इम्पलान्ट, आठ जनाले आइयुसिडी प्रयोग गरेका बताइएको छ । कानूनले महिला र पुरुषको विवाह गर्ने निश्चित उमेर तोकेको छ । तर, नेपालमा अझै पनि डरलाग्दो रूपमा बालविवाहको हुने गरेको यो तथ्यांकले देखाएको छ । तुलसीपुरमा बालविवाह न्यूनीकरणका लागि घर–घरमा प्रमुखको पत्र, सचेतनामूलक नाटक, अन्तक्र्रिया, पुजारीलाई सचेतना प्रदान गरेपनि अझै बालविवाह न्यूनीकरणमा कमी हुन नसकेको तथ्यांकले देखाएको छ ।
अस्पतालमा बच्चा जन्माउने बढे
महाशाखाको तथ्याङक अनुसार अस्पताल गएर गर्भवती हुनेको सख्या भने बढ्दै गएको पाइएको छ । उनका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार २ सय ८९ जना महिला अस्पताल गएर गर्भवती भएका छन् । सोमा एक हजार ८२ सामान्य, १४ को उल्टो बच्चा भएको, भ्याकुममार्फत ११, अप्रेसन गरेर ७७ र जन्मेकामध्ये आठको मृत्यु भएको छ । एकदमै कम तौल (१.५ केजी) भएका बच्चा पाँचजना जन्मिएका उनले बताए ।
त्यस्तै उनले १.५ केजी देखि २.५ केजी तौल भएका बच्चा ११९ र सामान्य तौल (२.५ केजिदेखि माथि) भएका बच्चा एक हजार १६० जन्मिएका बताए । साथै उपमहानगरपालिका र अस्पतालले तुलसीपुरमा प्रोत्साहनस्वरूप रु पाँच हजार भत्तावितरण गरेको भए पनि अझै पनि नियमित जाँच गराउन नआउने गरको उनले जानकारी दिए ।
धेरै महिलाले स्तनपान नगराउने तथा उमेर नपुग्दै बच्चालाई खाना खुवाउने गरेको पाइएको समेत उनले बताए । बच्चालाई दुई वर्षमा २४ पटक तौल जाँच गर्नुपर्ने भए पनि अहिले पनि त्यसो नगरेको पाइएको उनको भनाइ छ । साथै उनले अहिले उपमहानगरका १९ वटै वडामा स्वास्थ्यको पहुँच भए पनि आवश्यक जनशक्ति नहुँदा समस्या हुने गरेको बताए ।
अन्धविश्वासको भर
उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख डा. गोकर्ण दाहालले अझै पनि वैज्ञानिक आधारबिनाको उपचार पद्दतिले जरो गाडिरहेको बताए । ‘अहिले पनि मुटुका बिरामीलाई परेवाको दिशा खुवाउने चलन कायमै छ’, उनले भने, ‘यस्तो उपचार पद्दतिले बिरामीलाई नोक्सान पु¥याउछ ।’ अझै पनि थारु समुदायमा गुरुवाले सर्पले टोकेका बिरामीको उपचार गर्ने गरेको उनले बताए । केही थारु समुदायमा गरिएको सर्वेक्षणमा खानपिनमा ध्यान नदिने, शारीरिक ब्यायाममा ध्यान नदिने गरेको पाइएको डा दाहालले बताए ।
प्रतिक्रिया