सल्यान । जिल्लाको कपुरकोट गाउँपालिकामा रहेका गर्पा स्वास्थ्यचौकीमा पानीको अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् । स्वास्थ्यचौकीमा पिउने पानीको समेत व्यवस्था नहुँदा सेवाग्राहीलाई समस्या हुने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । स्वास्थ्यचौकीमा शौचालय तथा सरसफाइका लागि झन् समस्या हुने गरेको गैरिवाङ निवासी दिलमाया घर्तीले बताइन् ।
घर्तीले स्वास्थ्य संस्थामा सुत्केरी हुन आउँदा कपडा धुने पानी नभएकाले समस्या बेहोर्नु परेको जानकारी दिँदै स्वास्थ्य संस्थामा तत्काल पानीको व्यवस्था गर्न सम्बन्धित निकायलाई आग्रह गरिन् । स्वास्थ्य संस्थामा पानीको अभाव हुँदा आपूmजस्तै धेरै सेवाग्राहीले समस्या भोग्नुपरेको उनको भनाइ रहेको छ ।
यता गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले गर्पा स्वास्थ्यचौकीलगायत विद्यालय र वस्तीको खानेपानीे समस्या भएको स्वीकार गरेका छन् । ‘यहाँका विभिन्न स्थानमा अझै पानीको समस्या छ’, उनले भने, ‘हामीले पानीको समस्याको समाधान गर्न पानीको मुहानमा सर्वे गरिएको भए पनि मूल सानो भएको कारण योजना सञ्चालन गर्न नसकिएको हो ।’ अध्यक्ष सेनले वस्ती तल मुहान भए पनि लिफ्ट सिस्टमबाट पानीको व्यवस्था गरिने र यस योजनालाइ प्राथमिकतामा राखिएको बताए ।
प्रसूति केन्द्रमा सुत्केरी सामग्रीको अभाव
कालीमाटी गाउ“पालिकाको रामपुरमा रहेको स्वास्थ्यचौकीमा सञ्चालित प्रसूति केन्द्रमा सुत्केरी सामग्रीको अभाव भएको छ । सामग्रीको अभाब हुँदा सेवा लिन आउने सुरक्षित सुत्केरी सेवा प्रभावित भएको छ । सुत्केरी सामग्रीको अभाव भएपछि महिला स्वास्थ्यकर्मीहरू जोखिम उठाई सुत्केरी गराउन बाध्य भएका छन् । सुत्केरी हुन आएकालाई सर्वप्रथम सुताउने गतिलो बेड नभएको महिला स्वास्थ्यकर्मी रुक्मा गिरीले बताइन् । गतिलो बेड नहु“दा प्रसव पीडाले उफ्रिने वेला भाँचिएर भुइँमा खस्ने स्थिति रहेको उनले बताइन् । उनका अनुसार यस स्वास्थ्यचौकीमा भर्खरै सुत्केरी भएका आमा र बच्चालाई सुताउने बेड, ट्रलीलगायत धेरै सामग्रीको अभाव रहेको छ ।
सुत्केरी गराउनका लागि चाहिने आवश्यक सामग्री बारम्बार माग गर्दै आए पनि अहिलेसम्म पाउन नसक्दा विभिन्न किसिमको समस्या र अभावले काम गर्न गाह्रो भएको उनले जानकारी गराइन् । गत साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा ६९ जना गर्भवती महिला सुत्केरी भएको उनले जानकारी गराइन् ।
‘गत वर्षसम्म बत्तीको सुबिधा नहु“दा लाल्टिन बालेर सुत्केरी गराउँथ्याँै । स्थानीयतहले सोलारको व्यवस्था गरेपछि अहिले बल्ल बत्ती बालेर सुत्केरी गराउन थालेका छौँ त्यत्ति मात्र सजिलो भएको छ’, उनले भनिन् । सुत्केरी सामग्रीको अभावका कारण कसैलाई जटिल समस्या देखिएमा तुलसीपुर अञ्चल अस्पतालमा रिफर गर्न बाध्य भएको उनको भनाइ छ । स्वास्थ्यचौकीमा प्रसूति केन्द्र सञ्चालन गरेपछि तीन जना महिला स्वास्थ्यकर्मी रहेका छन् ।
स्वास्थ्यचौकीका सहइन्चार्ज देबबहादुर तारमले सुत्केरी गराउन आउनेका आफन्तलाई बस्न गतिलो कोठा पनि नभएको जानकारी गराए । उनले सुत्केरी सामग्रीलगायत स्वास्थ्यचौकीमा आवस्यक अन्य सामग्रीको अभाव भएकाले सम्बन्धित निकायसमक्ष उपलब्ध गराउन माग गरेका छन् ।
प्रतिक्रिया