राष्ट्रपति भण्डारी शिखर सम्मेलनमा भाग लिन चीन जाँदै

काठमाडौँ । शिखर सम्मेलनमा भाग लिनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी चीन जाने भएकी छन् । उनि यही अप्रिल २६ र २७ मा हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्टिय शिखर सम्मेलनमा भाग लिनका लागि चीन जान लागेकी हुन् ।

राष्ट्रपति भण्डारीको चीन भ्रमणका लागि दुबै देशमा तयारी भएको छ । उनको भ्रमणलाई चिनिया अधिकारीहरुले संघीय गणतान्त्रिक नेपालको राष्ट्रनायकको पहिलो भ्रमणको रुपमा लिएका छन् ।

कम्युनिष्ट पार्टीको दुई तिहाई सरकारको राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणलाई मुख्य बिषयका साथ लिइएको छ । राष्ट्रपति भण्डारीलाई बेइजिङमा स्वागत गरेपछि चिनियाँ समकक्षी सी चिनफिङले नेपाल भ्रमण गर्ने सम्भावना बलियो रहेको राजनीति विश्लेषकहरुले बताएका छन् ।

प्रतिक्रिया