नेपाल बन्द फिर्ता गर

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (प्रनेकपा) ले पक्राउ परेका आफ्ना नेता रिहाइ तथा प्रतिबन्ध फुकुवाको माग गरेको छ । यो माग पूरा गराउन चैत महिनाभरीका लागि शान्तिपूर्ण आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । चैतभित्रमा पनि आफ्नो माग पूरा नगरे सरकारका कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी प्रनेकपाले दिएको छ । महासचिव विप्लवद्वारा सोमबार जारी विज्ञप्तिमार्फत उक्त चेतावनी दिइएको हो । चैत १३ गते देशभर चोक जुलुस, १४ गते कोणसभा, १५ गते मसाल जुलुस र १६ गते शनिबार नेपाल बन्द गर्ने विप्लवको विज्ञप्तिमा उल्लेख छ । एसइई परीक्षा दिइरहेका विद्यार्थीलाई असर नपरोस् भनेर शनिबार बन्द आह्वान गरिएको प्रनेकपाले बताएको छ । १९ गते देशभर अन्तक्र्रिया, २१ गते जनवर्गीय संगठनको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन र २४ गते देशभर जनप्रदर्शन गर्ने विज्ञप्तिमा जनाइएको छ । चैतभित्र प्रतिबन्ध नहटाएमा साथै, शान्तिपूर्ण कार्यक्रम गर्न नदिएमा केपी ओली सरकारका कार्यक्रमविरुद्ध प्रतिबन्ध र आमहड्तालको तयारी गरिएको पनि प्रनेकपाले जनाएको छ ।

सरकारले चैतभित्र प्रनेकपाको विध्वंसात्मक गतिविधि नियन्त्रणमा लिई सक्ने दाबी गरिरह“दा महासचिव विप्लवद्वारा जारी यो विज्ञप्तिले मुलुक मुठभेडमा जाने खतरा बढेको छ । सरकारले नेता तथा कार्यकर्तालाई खोजी–खोजी पक्राउ गरिरहेको अवस्थामा प्रनेकपाद्वारा आन्दोलनका कार्यक्रम घोषणा गरिनु भनेको सरकारमाथि सामान्य चुनौती होइन । प्रनेकपाले आन्दोलनका कार्यक्रम पनि यस्तो वेलामा घोषणा गरेको छ, जुनवेला मुलुकमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन हु“दै छ । साथै, माध्यमिक शिक्षा परीक्षा (एसइई) पनि चलिरहेको छ । करिब ५ लाख परीक्षार्थी सामेल रहेको एसइई परीक्षा आमअभिभावकस“ग पनि जोडिएको छ । परीक्षालाई मध्यनजर राख्दै नेपाल बन्दको कार्यक्रम शनिबार पारिएको प्रनेकपाले दाबी गरेको छ । तर, परीक्षाको मध्य समयमा गरिएको नेपाल बन्दले विद्यार्थीहरू मनोवैज्ञानिक रूपमा आतंकित हुनेछन् । प्रनेकपाप्रतिको जनसहानुभूति घट्नेछ । यो जान्दा–जान्दै पनि चैत १६ गते नेपाल बन्दको आयोजना गरिनुको उद्देश्य भनेको अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई प्रत्युत्पादक बनाउने चेष्टा हो भन्ने अनुमान सहजै गर्न सकिन्छ । सरकारले चैत १५ र १६ गते अन्तर्राष्ट्रिय लगानी सम्मेलनको आयोजना गर्न लागेको छ । जसका लागि विश्वका करिब ४० देशका ६ सयभन्दा बढी लगानीकर्ताहरूलाई आमन्त्रण गरिएको छ । राजनीतिक स्थिरता तथा स्थिर सरकार बनेका कारण नेपालमा लगानीयोग्य वातावरण छ भनेर देखाउन सरकारले लगानी सम्मेलनको आयोजना गरेको हो । तर, उनीहरूले नेपालमा आउ“दा बन्दको प्रभाव, हिंसात्मक घटना तथा धरपकडको अवस्था आफ्नै आ“खाले देखे भने के होला ? निश्चय पनि लगानीकर्ताहरू थप विकर्षित हुन्छन् । लगानी सम्मेलनको प्रभाव उल्टो पर्छ ।

प्रनेकपाले जुन लक्ष्य राखेर गतिविधि आरम्भ गरेको छ त्यो लक्ष्य पूरा गरिदिने हैसियत वर्तमान सरकारले मात्रै होइन लोकतान्त्रिक विधि तथा प्रक्रियाअनुसार बनेका कुनै पनि सरकारले राख्दैनन् । बम विस्फोट तथा चन्दा आतंकका जुन गतिविधिहरू प्रनेकपाले सुरु गरेको छ ती गतिविधिहरू निन्दनीय छन् । सरकारले कुनै पनि हालतमा यस्ता गतिविधि नियन्त्रण गर्नुपर्छ । तर, यस्ता गतिविधि नियन्त्रण गर्न बल प्रयोगद्वारा मात्रै सम्भव छैन भन्ने कुरा विगतको अनुभवले पनि देखाएको छ । सत्तारूढ नेकपाको एउटा धारले ०५२ देखि ०६२ सालसम्मको १० वर्ष मुलुकमा मच्चाएको उधुमका घटना साक्षी छन् । राजनीतिक शक्तिद्वारा गरिएका गतिविधि नियन्त्रणका लागि सबैभन्दा सहज विधि भनेकै सुशासन हो । सरकारले सुशासन दिन सकेन, जनतामाथि अन्याय भयो भने विद्रोही शक्ति फस्टाउ“छ । सरकारले अन्याय ग¥यो भन्दै जनता विद्रोही शक्ति गुहार्न पुगेको अवस्थामा राज्यले जतिसुकै बल प्रयोग गरे पनि नियन्त्रण गर्न सक्दैन । सरकारले सुशासन दिन सकेको छैन भन्ने कुरा त निर्मला पन्तको उदाहरण नै काफी छ । साथै, प्रनेकपाले आफूलाई राजनीतिक शक्तिका रूपमा स्थापित गर्न खोजेको हो भने जनताले दुःख पाउने गतिविधि नगरोस् ।

प्रतिक्रिया