क्यान्सर रोगी मिनाले भनिन्, अस्पताल लैजाउ, म बाँच्न चाहन्छु

घोडाघोडी । कैलालीको बर्दगोरीया गाउँपालिका–२ कुम्भीया गाउँकी मीना बमलाई ब्लड क्यान्सर भएको दुई वर्ष भयो । एक वर्षदेखि लगातार उपचार गरे पनि उनि स्वास्थ्यमा सुधार नभएपछि घरमै थला परेकी छन् । बमको आर्थिक अवस्था कमजोर छ ।

“मलाई अस्पताल लैजाउ, म बाँच्न चाहन्छु भन्दै उनले पीडा सुनाइ रहन्छीन् । चिकित्सकका अनुसार बमको उपचार गर्न करीब रु १० लाख लाग्छ । आफूसँग त्यति धेरै रकम नभएकाले उपचार नगरी घरमै राख्नुपरेको बमकी आमा शारदाले बताइन् ।

“छोरीको उपचार गर्दागर्दै आफूसँग भएको सबै सम्पत्ति सकियो । खेतबारी पनि बेचेँ । अब यही सानो घर छ । यो पनि बेचेर कहाँ गएर बस्ने, ” उनले भनिन् । बम काठमाडौँ, चितवन र भारतको लखनउसम्म उपचारका लागि धाइन्। “छोरीलाई बचाउन चाहन्छु तर उपचार खर्चको जोहो गर्न गाह्रो भयो, ”मिनाकी आमा शारदाले भनिन् ।

प्रतिक्रिया