आज १०९औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाइँदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गरिन्छ । यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस आज शुक्रबार परेको छ । ०४६ सालको परिवर्तनपछि नेपालमा पनि विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिन्छ । सरकारले अन्तर्राष्ट्रिय महिला दिवसका अवशरमा सार्वजनिक बिदा दिने गरेको छ । नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरु गरिएको हो । महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले ¥याली गोष्ठी तथा अन्तक्रिर्या कार्यक्रमको आयोजना गर्दै छन् । आधा आकास ओगटेका महिलाका निम्ति अन्तर्राष्ट्रिय महिला दिवस महत्पूर्ण पर्व हो । महिला अधिकारका लागि अहिलेसम्म प्राप्त भएको उपलब्धिको समिक्षा गर्दै थप उपलव्धि हासिल गर्नका लागि प्रेरण दिने पर्व हो यो । अधिकार प्राप्त महिलाका लागि यो खुसीको पर्व हो भने अधिकारविहीन महिलाका लागि चेतना अभिवृद्धिका साथै अधिकार प्राप्तिका लागि संघर्ष गर्न प्रेरणा दिने पर्व हो ।
सभ्य समाज निर्माणका लागि महिलाको भूमिका अपरिहार्य हुन्छ । जुन समाजमा महिला सचेत तथा अधिकारसम्पन्न छन् त्यो समाज सभ्य हुन्छ प्रगति पनि गरेको हुन्छ । जुन समाजमा महिला असचेत तथा अधिकारविहीन छन् त्यो समाज असभ्य तथा अधोगति तिर लागेको देखिन्छ । त्यसैले महिला चेतना तथा अधिकारको मामिला केवल महिलास“ग मात्रै जोडिएको विषय होइन, समग्र समाजकै उन्नतिस“ग जोडिएको प्रश्न हो यो । तर अधिकार तथा चेतनाको मामिला शिक्षा, आर्थिकस्तर तथा संवन्धित मुलुकको राजनीतिक प्रणालीस“ग जोडिएको हुन्छ । शिक्षाको पहुँच भएको, आर्थिक रूपमा सम्पन्न र लोकतान्त्रिक शासन प्रणाली भएको समाजमा महिलाको स्तर पुरुष सरह छ । तर शिक्षाको पहुँच नभएको, आर्थिकरूपले विपन्न र निरंकुशशासन सत्ता भएको समाजमा महिलाको स्तर निकै नै तल छ । नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा महिला अधिकारको आन्दोलन राजनीतिस“ग जोडिएरै भएको देखिन्छ । योगमाया न्यौपाने, दिव्या कोइरालालगायतका केही महिलाहरुले सामाजिक रूपमा अभियान चलाएका पनि हुन् तर यी अभियानहरू सफल हुन सकेनन् । जब निरंकुश राज्यसत्ता समाप्त भई २००७ सालमा प्रजातन्त्रको अभ्युदय भयो तब मात्रै नेपाली महिलाका लागि शिक्षाको ढोको खुलेको हो । शिक्षाको ढोका खुले पनि त्यसको सदुपयोग भने आर्थिक रूपमा सम्पन्न परिवारका केही महिलाले मात्रै गर्न सकेको देखिन्छ । छोरीलाई पनि छोरासरह शिक्षादिक्षा दिनुपर्छ भन्ने चेतना नेपाली समाजमा आएको धेरै भएको छैन । नेपाली समाजको कतिपय तह तप्कामा छोरीलाई पनि छोरा सरह शिक्षा दिनुपर्छ भन्ने चेतना अझै आउन बा“की छ । यसैगरी, छोरीलाई छोरा सरह पैतृक सम्पत्तिको अधिकार दिने कानुन निर्माण भए पनि कार्यान्वनमा आउन बा“की छ ।
एकातिर एकथरी महिलाहरूले धुमधाम साथ महिला दिवस मनाउ“दै गर्दा अर्काथरी महिलाहरू खोलाको बगरमा बसेर गिटि कुटिरहेका दृश्यले यस वर्ष पनि निरन्तरता पाउने निश्चत जस्तै छ । अन्तर्राष्ट्रिय महिला दिवस सहरीया धनी महिलाका निम्ति मात्रै होइनकी आम महिलाका निम्ति पनि आउनुपर्छ । तब मात्रै यो दिवसले सार्थकता पाउँछ । विश्वका विकसित मुलुकहरु सँग तुलना गर्ने हो भने पनि संविधान र कानुनका दृष्टिले नेपाली महिला अधिकार सम्पन्न छन् । पुरुषले भन्दा धेरै अधिकार पाएको देखिन्छ । संविधानको मौलिक हकअन्तर्गत धारा ३८ को महिलाको हकमा प्रत्येक महिलालाई लैंगिक भेदभाव विना समान वंशीय हक हुने, महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुने, महिलाविरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गर्न नहुने, यदि त्यस्तो कार्य भएमा कानुन बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानुन बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भन्ने व्यवस्था छ । यस्तै, राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी गराइने, महिलालाई शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा सकारात्मक विभेदका आधारमा विशेष अवसर प्रदान गर्ने, सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतिको समान हक हुने व्यवस्था गरिएको छ । तर संविधान र कानुनले दिएको अधिकार उपयोग गर्न सक्षम महिलाहरूको संख्या अत्यान्त न्युन छ । संविधान र कानुनले दिएको अधिकार उपयोग गर्न सक्षम बनाउने मुख्य कडी भनेकै शिक्षा र आत्मानिर्भरता हो । सरकारले महिला शिक्षाका लागि गरेको विशेष प्रयास सराहनीय नै छ । तर, आत्मनिर्भताका लागि भने सरकारका तर्फबाट विशेष पहल भएको देखिँदैन ।
प्रतिक्रिया