काठमाडौं । मोबाइल ब्रान्ड ओपोले आधिकारिक रूपमा चार नयाँ देशमा प्रवेश गरेको छ । वैश्विकविस्तारका क्रममा कम्पनीले युनाइटेड किङ्गदम, साउदी अरेविया, टर्की र पोल्याण्डमा आफ्ना फ्ल्यागशिप मोडलका साथ प्रवेश गरेको हो ।
जनवरी २८ मा ओपो आधिकारिक रूपमा साउदी अरेबियामा प्रवेश गरेको थियो । साउदी अरेबियाका लागि पहिलो उत्पादनका रूपमा कम्पनीले अदृतिय प्रविधि र कलात्मक डिजाइनको नमुनाका रूपमा परिचित आर१७ सिरिज भित्र्याएको थियो ।
सार्वजनिक अगाडि कम्पनीले मिडल इस्ट रिजनल अपरेशनको आधारका रूपमा यूएईको दुबईमा दोस्रो एमइए हब खोल्ने घोषणा गरेको थियो । जनवरी २९मा लन्डनको टावर ब्रिजमा ओपोले युके लञ्ज ईभेन्टको आयोजना गरेको थियो । यसलाई ओपोको वैश्विकीकरणका लागि एक कोसेढुंगाका रूपमा पनि हेरिएको छ । यूके पश्चात ओपोले टर्कीमा आधिकारिक सार्वजनिक कार्यक्रमको आयोजना गर्यो । यसले कम्पनीको यूरोपियन ईको सिस्टमलाई थप बलियो बनाएको छ । लगतै पोल्याण्डमा आयोजित सार्वजनिक समारोह मार्फत ओपोले आफ्नो पूर्ण प्रडक्ट सिरिज फाईण्ड एक्स, आरएक्स १७ सिरिज र ए सिरिज पनि सार्वजनिक गर्यो ।
सन् २०१८को जुन महिनामा ओपोले यूरोपियली बजारमा आफ्नो पहिला भेञ्चरका रूपमा फ्रेञ्च बजारमा प्रवेश गरेको थियो । यस पश्चातका ६ महिनामा कम्पनीले ईटालियन, स्पेनिश र डच बजार मार्फत आफ्नो यूरोपियन विस्तारलाई निरन्तर्ता दिएको छ । अबको यूके, टर्की र पोल्याण्ड बजारमा प्रवेशसंगै यूरोपियली बजारमा ओपोको उपस्थिती ९ ओटा देशमा पुगेको छ । हाल ओपोको उपस्थिती विश्वका ४० देश सम्म पुगिसकेको छ । ओपोले विश्वभरका २५० मिलियन प्रयोगकर्तालाई स्टेट अफ आर्ट प्राविधिक उत्पादन तथा सेवा उपलब्ध गराइरहेको छ ।
प्रतिक्रिया