काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतले माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले अवरोध नगर्ने बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालमा बोल्दै नेता महतले भने,‘सँधै संसद अवरोध हुँदैन् ।
एक, दुई दिन अवरोध भयो भन्दैमा सँधै संसद अवरोध हुँदैन् । उहाँहरुले महिनौं दिनसम्म अवरोध गर्नुभएको थियो । हामीले त त्यत्रो गरेका छैनौं । माघ २१ गते बस्ने संसद बैठकमा आफ्नो पार्टीले विरोध गर्ने कुनै कार्यक्रम नभएको उनले स्पष्ट पारे । नेता महतले भने, ‘संसदमा अवरोध गर्नेबारे अहिले कुनै निर्णय भएको छैन् ।
नेता महतले कांग्रेसले आफ्नो पार्टीका दुई जना नेता गिरिजा प्रसाद कोइराला र सुशिल कोइरालाको नाममा खोलिएको अस्पताललाई लिएरमात्रै कांग्रेसले विरोध नगरेको दाबी गरे । आफूहरुले सरकारले डाक्टर गोविन्द केसीसँग गरेको सम्झौता तथा सहमति कार्यान्वयन नगरेको र जबरजस्ती संसदबाट विद्येयक पारित गरेको विरोधमा सदन र सडकमा विरोध गरेको महतले नेता महतले बताए ।
उनले भने, ‘सभामुखले पनि विवादस्पद भूमिका खेल्नुभयो । कांग्रेसको विरोधका बावजुदपनि विद्येयक जबरजस्ती पारित भयो । उनले वार्डडबडी भ्रष्टाचार काण्डबारे पनि निश्पक्ष छानबिन हुनुपर्ने माग गरे । उनले भने,‘यसमा दोष कसको छ ?वर्तमान लगानी बढाउँछु र दश वर्षभित्र मध्यम आय भएका राष्ट्र बनाउने र अर्थव्यवस्थालाई पर क्यापिटा ईन्कम दश हजार डलर पुर्याउनेजस्ता सरकारले अनेक अनेक हावादारी लक्ष्यहरु घोषणा गरिरहेको पनि उनले आरोप लगाए ।
उनले भने,‘प्रधानमन्त्री डाबोस जानुभयो । यो अत्यन्तै राम्रो कुरा हो । त्यसमा असहमित होईन् । तर, मुल कुरो के हो भने देशको अवस्था नै नसुधारिकन खाली भाषणमात्रै गरेर देश तथा विदेश घुमेरमात्रै अथवा लगानी सम्मेलन गरेरमात्रै लगानी आकर्षित हुने कुरो होईन् ।
देशमा सुशासन छ कि छैन ? भएका नियम, कानुनहरु राम्रोसँग पालना हुन्छन् कि हुँदैनन् ? भ्रष्टाचार समाप्त भएको छ कि छैन ? न्यायपालिका स्वतन्त्र छ कि छैन ? विधिको शासन लागु भएको छ कि छैन ? देशभित्रका लगानीकर्ताहरु के खोज्दैछन् ? भन्ने कुरामा सरकारले ध्यान दिनुपर्ने उनको भनाई छ ।
उनले भने,‘देशभित्रै काम गर्ने वातावरण र लगानीको वातावरण बनाउनुपर्छ । तर, यी सबै कुरामा निराशजनक स्थिति छ। विश्व बैंकले प्रत्येक वर्ष प्रकाशित गर्ने ‘डुईङ बिजनेश रिपोर्ट’ मा नेपालको लगानीको वातावरणको अवस्था घटेको पनि उनले सुनाए । महतले भने,‘नेपालको स्टाटस घटेको छ । उता टा«न्सपरेन्सी ईन्टरनेश्नलको रिपोर्टअनुसार नेपालमा भ्रष्टाचार बढेको छ ।
त्यस्तै उनले नेपालमा पछिल्लो समय लगानीकर्ताहरु आतंकित भएको अवस्था आफूले देखेको पनि आरोप लगाए । महतले भने,‘लगानी गर्छु भन्ने मान्छेहरु पनि अहिले हच्किएका छन् । लगानी गरेकाहरुपनि उद्योग नै बन्द गर्नुपर्ने हो कि भन्ने अवस्थामा पुगेका छन् । महतले मुलुकमा वैदेशि लगानी भित्र्याउनको लागि आकर्षणको वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘लगानी ल्याउनको लागि देशको स्थिति सुधार्नुपर्छ ।
उनले सरकारले समयमै र सही ढंगले निर्णय गर्नुपर्नेतर्फ ध्यान दिनुपर्ने सुझाव दिए । उनले भने,‘यसको लागि व्युरोक्रेसीलाई ईफिसेन्ट बनाउनुपर्छ । सरकारले लगानी सम्मेलन गर्न लागेको विषयमा टिप्पणी गर्दै उनले भने,‘अढाई वर्ष अघि प्रचण्डजी प्रधानमन्त्री हुनुहुन्थ्यो । नविन्द्रराज जोशी उद्योगमन्त्री हुनुहुन्थ्यो । त्यतिवेला कि–नोट नै मैले सम्बोधन गरेको थिएँ ।
त्यतिवेला १४ मिलियन डलरको लगानी गर्छौं भनेर प्रतिबद्धता आएको थियो । लगानीकर्ताहरुले एम.ओ.यूमा हस्ताक्षर गरेर गएका छन् । सरकारले त्यतिवेला प्रतिबद्धता गरेका लगानीकर्ताहरुसँग फलो–अप गर्नुपर्छ । उनीहरु किन आएनन् भनेर सोध्नुपर्छ । उनले नयाँ सम्मेलन गर्छु भनेरमात्रै प्रचार गर्न नहुने धारणा राखे ।
उनले भने,‘मेरो सरकारलाई अहिलेपनि सुझाव छ यो प्रचारवाजी कुरामात्रै होईन । भाषणवाजी कुरामात्रै होईन । काम गरेर देखाउनुपर्यो । मेहनत गर्ने वातावरण बनाउनुपर्यो । फरक प्रसँगमा डा. महतले भेनेजुएला प्रकरणबारे नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मोदुरो सरकारलाई पूरा समर्थन गरेर वक्तव्य निकालेको बताउँदै भने,‘अब तुरुन्तै परराष्ट्र मन्त्रालयले अर्को निकाल्यो ।
ईसेन्स भन्ने हो भने, कोर कुरो भन्ने हो भने करिब करिब प्रचण्डजीलाई नै समर्थन गर्या जस्तो छ । बाहिर देखाउँदा त्यसलाई रिफाईन गरेर, ईडिटिङ गरेको जस्तो पनि देखिन्छ। मुल कुरो यहाँहरुलाई जानकारी भएकै कुरो हो कि–भेनेजुएला तेलको अत्यन्तै धनी मुलुक हो । संसारका जुन जनु मुलुक तेलका धनी छन्, अत्यन्तै सम्पन्न भएका छन् ।
तर, भेनेजुएला भन्ने त्यस्तो मुलुक हो, जहाँ चाही जनताले खान नपाएर, औषधोपचार नपाएर र मुल्य वृद्धि अकाशिएर ८० हजार प्रतिशत मुल्यवृद्धि, त्यस्तो दुरदशा छ। भेनेजुएलाका ३० लाख जनता त गएको तीन वर्ष यता खान नपाएर, औषधी उपचार नपाएर र मुल्यवृद्धि धान्न नसकेर छिमेकी मुलुकहरुमा गैसकेको पनि महतले सुनाए ।
महतले भने,‘२ पाउण्ड मासु किन्नको लागि एक महिनाको तलब लाग्छ, त्यहाँको कम्युनिष्ट शासन त्यस्तो छ । समाजवादको नाममा त्यस्तो दुरदशा छ ।’ चुनाव हुँदा प्रमुख प्रतिपक्षी दललाई प्रतिबन्ध लगाईएको पनि उनले सुनाए । महतले अघि थपे,‘प्रतिपक्षी दललाई त चुनाव नै लड्न नदिने ? अनि चुनावमा एकजनाले दश चोटी मत हाल्दापनि हुने, औंलामा कालो रंग लगाउने व्यवस्था नै हटाईदियो ।
धाँधली गरेर त्यहाँ चुनाव भएको छ । त्यसकारण यत्रो क्राईसिसको समयमा युएनले ईन्टरफेरेन्स गर्न सक्छ । त्यसलाई मानवीय हस्तक्षेप भन्छ । अब यस्तो बखतमा हामीले चाहीँ त्यहाँ निश्पक्ष चुनाव हुनुपर्छ, ईन्टरनेश्नल मोनिटिरिएङ र युएनको सुपरभिजनमा चुनाव हुनुपर्छ भन्ने खालको अभिव्यक्ति दिएको भए त्यसलाई कसैलेपनि आपत्ति गर्नुपर्ने खालको स्थिति थिएन् ।
नेपाल सरकारले निकालेको वक्तव्यका कारण अमेरिकी सरकार रिसाएको आफूले सुनेको पनि महतले सुनाए । उनले भने,‘हिजो सरकारको कुटनीतिक ब्रिफिङमा अमेरिकाका राजदुतपनि आएनन् । हामीले उनीहरुलाई चिढ्याउनुपनि जरुरी थिएन् । अब उनीहरुलाई पनि सम्झाएर हाम्रो पोजिसन यो हो भनेर अलिकति सन्तुलित ढंगले बोल्नुपर्दथ्यो ।
र, चाहीँ अहिले भेनेजुएलाको सरकारलाई समर्थन ठीक छ भन्नु त्यो विल्कुलै ठीक होईन् । किनभने त्यहाँ ठूलो मानवीय संकट छ । र, धाँधली भएर चुनाव भएको छ । प्रतिपक्षको मुख बन्द गरिएको छ । त्यसलाई समर्थन गर्ने भन्ने कुरा निश्चय नै उचित
प्रतिक्रिया