चितवन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेकपा सरकार देश बनउने दृष्टिकोण भन्दा आफ्नै एकतामा अल्मिलिएको छ आरोप लगाएका छन् । वर्तमान सरकार एकता डर र लोभको भरमा टिकेको नेता थापाले बताएका छन् ।
आज चितवनको माडीमा अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै युवा नेता थापाले भने, ‘यो एकता विचार र दृष्टिकोणको एकता हैन, पुरै अल्मिलिएको छ । लोभ र डरको एकता हो, देश बनाउने दृष्टिकोण र भिजनको एकता हैन यसको प्रभाव शासकिय प्रभावमा परेको छ ।
कांग्रेस युवा नेता थापाले गिरिजाप्रसाद र सुशील कोइरालाको नाम अस्पतालबाट हटाउँदैमा कांग्रेसको मनबाट हटाउन नसक्ने बताए । कांग्रेसमाथि सरकारले गरेको व्यवहार कस्तो छ भन्ने सन्देश यसबाट प्राप्त भएकाले पार्टीको आपत्ति भएको थापाले बताए ।
प्रतिक्रिया