निर्णय सच्चाउन आयोगको आदेश

काठमाडौं, ५ असार । कामचलाउ सरकारले आचार संहिता विपरित प्रहरी उच्च अधिकारीको सरुवा गरेको एक दिन पछि निर्वाचन आयोगले असन्तुष्टि जनाउदै निर्णय सच्चाउन सरकारलाई आदेश दिएको छ ।
आयोगले आज सरकारलाई पत्र पठाएर नेपाल प्रहरीका एआईजी र डीआईजीको सरुवा सम्बन्धी निर्णय बदर गर्न निर्देशन दिएको आयोगका प्रवक्ता शारदा प्रसाद त्रितालले जानकारी दिए ।
सरकारले निर्वाचन आचार संहिता विपरित प्रहरी उच्च अधिकारीको सरुवा गरेको भन्दै विपक्षी दलहरुले विरोध समेत जनाई सकेका छन् ।

प्रतिक्रिया