सिभिल लघुवित्तको साधारण सभा

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लि।को साधारण सभाले बोनस सेयर तथा नगद लाभांश पारित गरेको छ । काठमाडौंमा आइतबार सम्पन्न सस्थाको सातौं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ४ पण््रतिशतले बोनस सेयर जारी गर्ने र ३ दशमलव ८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा सो पश्चात् कायम हुने जारी तथा चुक्ता पुँजी ११ करोड ४१ लाख १४ हजारको १०० प्रतिशत अर्थात १ः१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

वित्तीय संस्थाका अध्यक्ष सचिनजंग रायमाझीको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत बलराम पौडेलले स्वागत मन्तव्य दिएका थिए ।  सभाले आर्थिक वर्ष ०७४÷७५ को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू पारित गर्नुकासाथै आव ०७५÷७६ का लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गरेको छ । सभाले मर्जर तथा प्राप्तिसम्बन्धी कार्यको लागि सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित गर्नुको साथै संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्तावहरू समेत पारित गरेको छ ।

सिभिल बैंक लिमिटेडको सहायक कम्पनीको रूपमा रहेको यस वित्तीय संस्थाको ०७५ साल मंसिर मसान्त सम्म कूल सदस्य संख्या १९ हजार ९ सय, लगानीमा रहेको कर्जा रकम रु। ६७ करोड १४ लाख छ । हाल संस्थाले ३५ वटा शाखा कार्यालयहरू मार्फत २३ जिल्लामा लघुवित्तीय सेवा प्रदान गर्दै आइरहेको छ भने निकट भविष्यमा थप स्थानहरूमा सेवाहरू विस्तार गर्ने लक्ष्य रहेका छ ।

प्रतिक्रिया