ताप्लेजुङ । जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र ताप्लेजुङको आयोजनामा फुङलिङ नगरपालिका– १० फुरुम्वुमा गाउँघर क्लिनिक सम्पन्न भएको छ ।
प्रत्येक महिनाको पहिलो शनिवार फुरुम्वुमा र तेस्रो शनिवार वडा नं ११ फावाखोलामा गाउँघर क्लिनिक सञ्चालन गर्ने कार्ययोजना अनुसार शनिबार फुरुम्वुमा आयोजना गरिएको निमित्त कार्यालय प्रमुख योग कुमार महतोले जानकारी दिए ।
महतोका अनुसार शनिवार ७० जनाको स्वास्थ्य परिक्षणसहित उपचार गरिएको छ । ४० जना पुरुष र ३० जना महिलाको स्वास्थ्य परीक्षण गरिएकोमा प्रायःको ग्याट्रिक्स तथा टन्सीलको समस्या भेटिएको निमित्त कार्यालय प्रमुख महतोले वताए । उनका अनुसार यस्तो कार्यक्रम प्रत्येक महिनाको पहिलो र तेस्रो शनिवार सञ्चालन गरिने छ ।
गाउँघर क्लिनीकको उद्घाटन आज नै गरिएको हो । उद्घाटन कार्यक्रममा फुङलिङ नगरपालिकाका उपप्रमुख बम वहादुर भट्टराई तारा, प्रमुख प्रशाशकिय अधिकृत श्रवण कुमार पोख्रेल, वडानं १० का वडाध्यक्ष गम वहादुर फुरुम्वो लगायतको उपस्थिती रहेको थियो । साथै जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र ताप्लेजुङले प्रत्येक आईतवार सेक्ने कार्यक्रम समेत आयोजना गरेको जनाइएको छ ।
प्रतिक्रिया