गलकोट । बागलुङ जिल्लाको पैयुँपाटा स्वास्थ्य केन्द्रलाईस्तर उन्नति गरी प्राथमिक अस्पताल निर्माण गर्नको लागि आवश्यक जग्गा खरीद गर्न उद्यमी चन्द्र ढकालले रु १० लाख सहयोग गरेका छन् ।
केन्द्रले अस्पताल निर्माण गर्न थालेको सुविधा सम्पन्न तीन तले भवन निर्माणका लागि आवश्यक पर्ने सात रोपनी जग्गा खरीदका लागि सहयोग प्राप्त भएको बागलुङ नगरपालिका १३ पैयुँपाटाका वडाध्यक्ष नारायण पौडेलले बताए ।
उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष तथा ग्लोबल आइएमई बैकका अध्यक्ष समेत रहेका ढकालले आफू जन्मेको ठाउँमा निर्माण हुन थालेको प्राथमिक अस्पताललाई सहयोग गर्न पाउँदा खुशी लागेको बताए । ‘‘आफू जन्मेको ठाउँका जनता स्वास्थ्य सेवा प्राप्त गर्न बाहिर जान नपरोस् भनेर सहयोग प्रदान गरेको हुँ’, ढकालले भने, “म जस्तै सहयोगीको रकमबाट नै सुविधा सम्पन्न अस्पातल निर्माण हुनेछ ।
‘पैयुँपाटा स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी प्राथमिक अस्पताल निर्माणको कानूनी प्रक्रिया अगाडि बढाइएको वडाध्यक्ष पौडेलले बताए । पौडेलका अनुसार रु १३ लाखमा खरीद गरिएको जग्गामा अपुग भएको रकम वडा कार्यालयले व्यवस्थापन गर्नेछ । करीब रु पाँच करोड लागतमा तीन तलाको सुविधा सम्पन्न भवन निर्माण गर्ने स्वास्थ्य केन्द्रको लक्ष्य रहेको छ ।
प्रतिक्रिया