काठमाडौं । देव कर्नर सेवा समितिले रगतको अभाव हुन नदिन अबदेखि हरेक आइतवार भूगोलपार्कमा साप्ताहिकरूपमा रक्तदान गर्ने भएको छ । हरेक हप्ताको आइतवार बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्ने भएको हो ।
रगतको अभावबाट अकालमा ज्यान गुमाउन नपरोस् भन्नका लागि समितिले साप्ताहिकरूपमा रक्तदान कार्यक्रम आयोजन गरेको देव कर्नर सेवा समितिका अध्यक्ष देवसुन्दर शाक्यले जानकारी दिए ।
उनका अनुसार समितिले अर्धवार्षिकरूपमा २०६३ सालदेखि निरन्तर रक्तदान गर्दै आएको छ । त्यस्तै २०६० सालदेखि उपत्यकाम सब बहान र गोदावरीमा बृद्धाश्रम सञ्चालन गरी सामाजिक काम गर्दै आएको उनले बताए ।
त्यस्तै आइवार गरिएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन । भूगोलपार्कबाटै हप्ताको दुईपटक बिहिवार र शुक्रवार मारवाडी सेवा समितिले पनि रक्तदान कार्यक्रम गर्दै आएको छ ।
प्रतिक्रिया