निनाम कुलुङ ‘मंगले’
विश्वका कुनै पनि जात वा जातिको उत्पत्ति थलो हुन्छ । त्यसमा पनि आदिवासी जनजातिहरूको त उत्पत्ति थलो अर्थात् ऐतिहासिक भूमि हुन्छ नै । यहाँ नेपालका प्राचीन किराँत महाजाति भित्रका एक जाति (समुदाय) कुलुङ जाति र उनीहरूको ऐतिहासिक भूमि ‘महाकुलुङ’ र जातीय स्वपहिचानका लागि विगतदेखि गर्दै आएको संघर्ष वा भनौँ आन्दोलनबारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
स्मरणीय छ, किराँतीहरूको इतिहास देउताको पालाभन्दा अघिदेखि देखिन्छ । उदाहरणका लागि हिन्दू धर्म ग्रन्थ महाभारतमा किराँतबारे उल्लिखित हुनुलाई लिन सकिन्छ । किराँतहरू वास्तवमै नेपालका मात्रै नभएर विश्वकै प्राचीन जाति हुन् भन्ने देखाउँछ । साथै, किराँतीहरूको संवत् यले संवत् ‘५०७९’ (कुलुङ समुदायको जीवनचक्रअनुसार यही पुस १५ गतेदेखि) सुरु हुँदै छ ।
कहाँ पर्छ महाकुलुङ ?
नेपालको पूर्वी पहाडी जिल्ला सोेलुखुम्बु (पछिल्लो राजनीतिक विभाजनअनुसार प्रदेश–१) को उत्तर–पूर्वी भेगमा पर्छ, महाकुलुङ क्षेत्र । सोलुखुम्बु जिल्लामा अवस्थित साविकको छेस्खाम, बुङ र गुदेल, पावै, सोताङ ९सत्तो–सोत्तो कुलुङ भाषामा मासु घटेको) गाविसहरू समेटेको क्षेत्रलाई नै सामान्यतया ‘महाकुलुङ’ भनेर चिनिन्छ ।
आफ्नो जातीय स्वपहिचान, मातृभाषा, वेशभूषा, संस्कार, संस्कृति, रीतिरिवाज, मौलिक चाडवाड, पर्व र मेला आदिप्रति सचेत महाकुलुङका कुलुङ समुदायको सुखदभन्दा पनि दुःखद कथा अनि व्यथाहरू नै धेरै छ । हुन त आधुनिकतासँगै जोडिएर आएको भौतिक निर्माणका वस्तुहरूलाई तिलाञ्जली दिने हो भने महाकुलुङ क्षेत्रका कुलुङहरू जेमा रमेका छन्, त्यसैलाई सुखद् अवस्था मान्दा फरक पर्देन ।
नेपालकै धेरैवटा आन्तरिक विमानस्थल (तेङ्बोचे, लुक्ला, फाप्लु र कागेलडाँडा) चारवटा भएको जिल्ला पनि हो, सोलुखुम्बु । तापनि, यी चारवटा मध्ये एक तेङ्बोचेमा विमान बस्न सक्दैन, उक्त विमानस्थलमा बस्न सक्ने पिलाटस् पोर्टर धेरै वर्षअघि दुर्घटना भएपछि हाल केही धनी विदेशी पर्यटकहरूलाई चार्टर सेवाका लागि हेलिकोप्टर बस्ने सामान्य हेलिप्याड जस्तो भएको छ ।
राई जातिको नेपालका अरू जातिको भन्दा फरक वा भनौँ फरक मातृभाषा के हो ? लिखित र अलिखित इतिहास के हो ? कहाँ छ ? अरूको भन्दा भिन्न संस्कार, संस्कृति के हो ? कस्तो हुन्छ ? मूल्य अनि मान्यता के हो ?, कस्तो हुन्छ ? परम्परागत कानुन के हो ? कस्तो हुन्छ ?, रीतिरिवाज के हो ? कस्तो हुन्छ ? आधार नै नभइकन हत्त न पत्त सूचीकृत गरियो ।
बाँकी तीन विमानस्थलहरू प्रयोग गर्दा पनि महाकुलुङका कुलुङ समुदायले लगभग तीन दिन त पैदल हिँड्नै पथ्र्यो, आफ्नो गन्तव्य महाकुलुङसम्म पुग्नका लागि अहिले भने जसोतसो कच्ची सडकले छोएको छ । त्यस्तै, केही समयअघि मात्रै नेपाल सरकारले महाकुलुङ क्षेत्रको साविक गुदेल गाविसमा ‘महाकुलुङ विमानस्थल’ निर्माणार्थ वातावरणीय प्रभाव मूल्यांकन ९इआइए० का लागि सूचना जारी गरेको छ ।
कुलुङ फरक जाति हो कि, राईको एक थर मात्रै हो ?
डाक्टर हर्क गुरुङका अनुसार कुनै पनि जातिको जाति हुने पहिलो आधार भनेको उक्त समुदायले बोल्ने मातृभाषा हो । यस हिसाबले हेर्दा कुलुङ समुदायको पनि नेपालका अन्य समुदाय वा जातिको जस्तै फरक मातृभाषा छ, कुलुङ भाषाभित्रै कुलुङको भाषिका पनि छ ।
कुलुङ समुदायको ऐतिहासिक र परम्परागत भूमि महाकुलुङ छ । त्यस्तै, कुलुङ समुदायले आदि अनादि कालदेखि मान्दै र गर्दै आएका जीवन्त संस्कार र संस्कृति पनि छन्, रीतिथिति छ, रहनसहन छ, कला छ, गीतसंगीत छ, अन्य जाति वा समुदायको भन्दा मौलिक र फरक वेशभूषा छ, चाडपर्व छ, नयाँ वर्ष पनि छ ।
जसलाई कुलुङहरू ‘चाक्चाकुर’ भन्छन् । स्मरणीय छ, हरेक विसंको पुस १५,१६ र १७ लाई कुलुङहरूले नयाँ वर्षको रूपमा मनाउँछन् । त्यस्तै, अरू समुदायमा जस्तै आपँैmभित्र विवाहवारी गर्नका लागि थर उप–थरहरूको प्रचलन छ । त्यसरी नै कुलुङ समुदायभित्रै २ सय ४० भन्दा बढी थर–उपथरहरू छन् ।
तापनि, दुःखसाथ भन्नुपर्दा अझै पनि कुलुङ समुदाय नेपालका अन्य जातिसरह फरक जाति हुन् भन्न सकेको छैन । यसो हुनुमा नेपाल सरकार, नेपालका अन्य जातीय संघ÷संस्था (खासगरी हाल सूचीकृत ५९ जाति), आइएलओ, नेपालस्थित दातृ निकाय, आइएनजिओ त्यस्तैगरी एनजिओ, नेपालका मानवशास्त्रीहरू, समाजशास्त्रीहरू, भाषाशास्त्रीहरू, र मानव अधिकारवादी संघ/संस्थालगायत पहिलेविना आधार सूचीकृत भएको राई जातिको यायोक्खा नामक संस्था हो ।
किनभने, आदिवासी जनजाति हुनलाई अरूको भन्दा भिन्न मातृभाषा, लिखित, अलिखित इतिहास, अरूको भन्दा भिन्न संस्कार, संस्कृति, मूल्य मान्यता, परम्परागत कानुन र रीतिरिवाज आदि हुनुपर्ने भनी प्रतिष्ठान ऐनको दफा २ को (क) मा व्यवस्था छ ।
तर, राई जातिको नेपालका अरू जातिको भन्दा फरक वा भनौँ फरक मातृभाषा के हो ? लिखित र अलिखित इतिहास के हो ? कहाँ छ ? अरूको भन्दा भिन्न संस्कार, संस्कृति के हो ? कस्तो हुन्छ ? मूल्य अनि मान्यता के हो ?, कस्तो हुन्छ ? परम्परागत कानुन के हो ? कस्तो हुन्छ ?, रीतिरिवाज के हो ? कस्तो हुन्छ ? आधार नै नभइकन हत्त न पत्त सूचीकृत गरियो ।
साथै, राई जातिका अगुवा हौँ भन्नेहरूको वाधा व्यवधानका कारणले पनि कुलुङ समुदायले ०५७/५८ सालदेखि जातीय स्वपहिचानका लागि संघर्ष गर्दै आएको भए तापनि सूचीकृत हुन सफल हुन सकेको छैन ।
हुन त ०५७/५८ सालदेखि कुलुङ समुदायले सुरु गरेको पहिचानको आन्दोलन स्वरूप ०६३/६४ मा आइपुग्दा एकसय भन्दा बढी जातजातिहरूले पनि प्रतिष्ठान ऐनअन्तर्गत सूचीकरण हुन पाऊँ भनी आन्दोलनमा सहकार्य गर्न आए । फलतः ०६५ सालमा मानवशास्त्री प्राडा ओम गुरुङको संयोजकत्वमा तत्कालीन सरकारले ‘उच्चस्तरीय आदिवासी जनजाति अध्ययन तथा पुनः सूचीकरण कार्यदल’ गठन गर्यो ।
सो कार्यदलले तत्कालीन सरकारलाई साविक ५९ मा २ (छैरोतन र फ्री जातिलाई) खारेज गरेर १ ९वनकरिया० जातिलाई गाभेर (चेपाङमा राख्न) र, पहिले राई भनी चिनिएका कुलुङलगायत चार जाति अनि नेपालका अन्य २१ जातिलाई थपेर जम्मा ८१ जातिलाई आदिवासी जनजाति सूचीमा राख्न सिफारिस गरेको पनि लगभग १० वर्ष भएको छ ।
कुलुङु समुदायबारे अरू जातजाति खासगरी जात समूहका मान्छेहरूमा बनेको धारणा पनि अस्पष्ट छ । कुनै वेला सल्लेरीस्थित सोलु एफ एममा काम गरेका सञ्चारकर्मी जोकराज कुलुङ हाल वैदेशिक रोजगारीको क्रममा दक्षिण कोरिया पुगेका छन् । उनी आफ्नो अनुभव यसरी सुनाउँछन्, ‘एकपटक सल्लेरीबाट गैरआदिवासी मुलका मान्छे महाकुलुङ क्षेत्रमा कुलुङ जातिबारे सामान्य हिसाबले सोधखोज गर्न आए । त्यसै क्रममा स्थानीय कुलुङ बुढापाकासँग कुराकानी हुँदा ती गैरआदिवासीले कुलुङ बुढापाकालाई नेपाली भाषामा बोल्न आग्रह गरेछन् ।
त्यसपछि कुराकानीको क्रममा उपस्थित कुलुङ बुढापाकामध्ये अलिअलि खस नेपाली भाषा जान्ने एकजनाले ‘त्यही त नेपालीमा’ भन्दै पुनः बाँकी कुरा कुलुङ भाषामै बोलेछन् । यसरी पटकपटक आग्रह गर्दा पनि कुलुङ बुढापाकाले त्यही त नेपालीमा भन्दै, खस नेपाली भाषामा दोहोरो कुराकानी गर्न नसकेपछि, ‘वास्तवमै कुलुङ जातिमा मौलिकता बाँकी रहेछ ।
जीवन्तता बाँकी रहेछ । कुलुङ जातिको भाषा, संस्कार, संस्कृति, रहनसहन र वेशभूषा आदि जिउँदै रहेछ । कुलुङ समुदाय अभैm पनि आफ्नो भाषा, संस्कार, संस्कृति, रीति अनि थिति, वेशभूषा आदिप्रति अपनत्व र जिम्मेवारी बोध गर्दा रहेछन् भनी कुलुङ समुदायप्रति नतमस्तक भएका थिए रे ।’
महाकुलुङ किन एकल जातीय वस्ती भयो ?
महाकुलुङ क्षेत्रमा कसरी एकल वस्तीको विकास भयो रु मानवशास्त्रीहरूका लागि अध्ययन गर्ने गतिलो आधार बाँकी हुनसक्छ । हुन पनि केही दशक अघिसम्म लगभग कुलुङ समुदाय मात्रै बस्थे, महाकुलुङ क्षेत्रमा । यसरी समाजशास्त्रीय भाषामा ‘इन्डोग्यामस’ पनि भनिने कुलुङ जातिको मात्रै एकल जातीय बसोबास कसरी सम्भव भयो ? (हाल शेर्पा, कामी आदि जात वा जातिको पनि पातलो बस्ती छ) नेपालको सन्दर्भमा मानवशास्त्री, समाजशास्त्री, भाषाशास्त्रीलगायत अन्य खोज अनुसन्धानकर्ताहरूका लागि यो एक रोचक विषय हुनसक्छ ।
त्यसो त मानव सभ्यता ढुंगे युग हुँदै सिकारी युग अनि कृषि युगमा प्रवेश गरेको मानिन्छ भने हाल मेसिन अर्थात् औद्योगिक युगमा प्रवेश गरेको छ । केही समय अघिसम्म कुलुङ समुदायका मान्छेहरूले नै आफ्नो समुदायलाई चाहिने विभिन्न कृषिजन्य घरायसी माल सामानहरू बनाउने गर्थे ।
जस्तै : सिकार खेल्न चाहिने बन्दुक र भाला आदि अनि कृषि कर्मका लागि चाहिने विभिन्न औजारहरू कोदालो, कुटो र फाली त्यस्तै घरायसी प्रयोगका भाँडाकुँडाहरू पनि कुलुङ समुदायभित्रकै विभिन्न थरका कुलुङहरूले नै बनाउँथे ।
तर, कुलुङ जातिमा कामकै आधारमा छुवाछूत गर्ने प्रचलन थिएन÷छैन । यस पंक्तिकारसँगको भेटमा पहिले महाकुलुङ गुदेल गाविसको चाचालुङमा बसेका हाल बुङमा बसाइँ सरेका रामकाजी सेञ्च्युरी बिक आफैले चाचालुङमा एक मोरोखु थर (थरलाई कुलुङहरू पाछा भन्छन्) का मान्छेले बटुका बनाएको देखेको र फलाम र तामा आदि कुट्दा पाता अढ्याउने (कुलुङ भाषामा लिङ÷लिङ्खो÷लिक्खो) देखेको बताउँछन् ।
प्रतिक्रिया