बाबुराम सिग्देल, काठमाडौँ । गोरखा जनकल्याण संघद्वारा रक्तदान कार्यक्रम गरेको छ । ‘मानवताको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ स्थापित उक्त संस्थाले मङ्सिर २२ गते काठमाडौँ स्थित सामाखुसीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
२०६५ सालमा संस्था दर्ता भएदेखिनै विभिन्न स्थानमा यस्तै कार्य गर्दै आएको संस्थाका अध्यक्ष किशोरराज वन्तले बताए । हाल उक्त संस्थामा ४२ जना आजीवन सदस्य रहेको वन्तले बताए । रक्तदान सहित बृद्धलाइ सहयोग, लगायत विभिन्न दुखि पिडितलाई पनि सहयोग गर्दै आएको अध्यक्ष वन्तले बताए ।
सोहि कार्यक्रममा करिब सय जनाको हाराहारीमा विभिन्न संघ संस्थाका व्यक्तिहरुले रगत दिएर सहयोग गरेको बताए । विभिन्न रोगबाट समस्यामा झेलिएर सहयोगको प्रखाइमा रहेका बिरामीलाई केहि राहत मिलोस भन्ने मानविय हिसावले यस कार्यक्रमको आयोजना गरेको बताए ।
प्रतिक्रिया