बेझाड । पाल्पा जिल्लामा अहिले स्वास्थ्य बिमा गर्नेको उत्साह बढ्दो छ । सामाजिक सुरक्षा विकास समितिले ०७३ सालदेखि सुरुआत गरेको स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म जिल्लामा एक लाख एघार हजार २ सय ५० जना नागरिक आबद्ध छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीका अनुसार ५१ हजार ८ सय ७० पुरुष र ५९ हजार ३ सय ८० महिलाले स्वास्थ्य बिमा गराएका छन् । गएको असार मसान्तसम्म दुई हजार ५ सय नागरिकले स्वास्थ्य बिमा गराएका थिए भने साउनबाट यही मंसिर १ गते सम्म २८ हजार ८ सय ५० जना नयाँ थपिएका छन् ।
जिल्लामा पाँच हजार ५ सय ४२ घरपरिवारले स्वास्थ्य बिमामा नाम दर्ता गराएका छन् । ‘जिल्लामा नयाँ नाम दर्ता गराउनेको आकर्षण ह्वात्तै बढेको छ, भने नवीकरण गर्ने कार्यमा भने आकर्षण कम रहेको छ’, ज्ञवालीले भने । आर्थिकरूपमा विपन्न र गरिब समुदायका बिरामी तथा रोगीको गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालित स्वास्थ्य बिमा कार्यक्रमबाट नागरिकले औषधि उपचारमा ठूलो राहत पुगेको महसुस गरेको देखिन्छ ।
रामपुर अस्पतालमा पनि अहिले स्वास्थ्य बिमा कार्यक्रम लागू भएपछि उपचार गर्न आउने बिरामीको भीड छ । यहाँ दैनिक २ सय ५० हाराहारीमा बिरामी औषधि उपचारका लागि आउने गरेको अस्पतालका मेसु डाक्टर बिनेश झाले बताए ।
तनहुँ घिरिङ बस्ने हुमबहादुर कुमाललाई मुटु रोगले सतायो । कुमाललाई मुटु रोगको उपचार गर्न आर्थिक अवस्था नाजुक हुँदा परिवारमा निकै चिन्ता छायो । रामपुर अस्पतालमा स्वास्थ्य परीक्षण गराउन पुगेका कुमाललाई अस्पतालका डाक्टरले भरतपुर बाहिर पठाएपछि उनी निकै चिन्तित थिए । ‘भरतपुर अस्पतालमा उपचार गर्नसक्ने परिवारको आर्थिक क्षमता थिएन, बिमा गरेको हुँदा अस्तालले निःशुल्क उपचार गरिदियो’ उनले भने । उपचारमा सुरुमा अस्पतालले एक लाख ५० हजार रकम लाग्ने भन्दा उनी आत्तिए । तर बिमा गरेका कारण पूरै औषधि उपचार निःशुल्क भएपछि कुमालले औषधि उपचारमा समस्या झेल्नुपरेन । अहिले कुमाल मज्जाले हिँड्डुल गर्नुहुन्छ । उहाँको मुटुरोगको समस्या पनि ठिक हँुदै गएको छ ।
स्वाथ्य बिमा गरेपछि औषधि उपचारमा निकै सहुलियत पुगेको रामपुर नगरपालिका–५ का लीलादेवी खनाल बताउछिन् । ‘हामीजस्ता गरिब नागरिकलाई बिमा गरेपछि औषधि उपचार कसरी गर्ने होला भन्ने समस्या हट्दै गएको छ’ खनालले भनिन । स्वास्थ्य बिमा कार्यक्रम गरिब दःुखी, विपन्न नागरिकको लागि वरदान सावित नै भएको बिमाकर्ता बालकृष्ण खनालले बताए । सरकारले स्वास्थ्य बिमा कार्यक्रम जस्तै गरिब, विपन्न नागरिकलाई लाभ मिल्ने खालका अन्य कार्यक्रम ल्याउन उनले अनुरोध गरे । स्वास्थ्य बिमा गरेका व्यक्तिले जिल्ला अस्पताल पाल्पा, रामपुर अस्पतालसँगै प्राथमिक स्वास्थ्यहरू केन्द्र ताहँु र खस्यौली, युनाइटेड मिसन अस्पताल, लुम्बिनी मेडिकल कलेजबाट स्वास्थ्य सेवा लिइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
पाँच जनासम्मको परिवारका सदस्यले वार्षिक दुई हजार ५ सय तिर्नुपर्ने र पाँच भन्दा बढी परिवारका सदस्य भएको हकमाप्रति सदस्य ४ सय २५ का दरले शुल्क बुझाई बिमा गरेपछि एक वर्षका लागि बिमा गरेका परिवारका सदस्यले वार्षिकरूपमा ५० हजार रूपैयाँसम्म उपचार खर्च निःशुल्क हुने नीति रहेको छ । स्वास्थ्य बिमा गरेपछि बहिरंग, प्रसूति, एक्सरे, प्रयोगशाला, घाउ चिरफार, टाँका सिलाइ, अल्ट्रासाउन्ड, इन्डोस्कोपी, फिजियोथेरापी, मधुमेह, आँखा सेवालगायत ३२ किसिमको सेवा प्रवाह गरिने बताइएको छ । स्वास्थ्य बिमाका लागि बिमाकर्ताले घर घरमा पुगेर सेवा प्रदान थालेपछि नागरिकलाई स्वास्थ्य बिमा गराउन सहज भएको छ ।
प्रतिक्रिया