बाँके । स्वास्थ्य सेवा शुल्कमा एकरुपता ल्याउनका लागि बाँकेका सरोकारवालाहरूले जोड दिएका छन । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेको आयोजनामा नेपालगञ्जमा आयोजित एक कार्यक्रममा सो कुरामा जोड दिइएको हो । विभिन्न स्वास्थ्य क्लिनिक, निजी अस्पताल, सरकारी अस्पताल, पोलिक्लिनिक, डाइग्नोस्टिक सेन्टर, डेन्टल क्लिनिक, प्याथोलोजी आदीले बिरामी चेकजाँच गर्दा लिने स्वास्थ्य सेवा शुल्कमा एकरूपता नभएको जनगुनासो आएपछि शुल्कमा एकरूपता ल्याउनका लागि छलफल कार्यक्रम गरिएको स्वास्थ्यअधिकृत रामबहादुर चन्दले बताए ।
कार्यक्रममा जिल्ला प्रशासन कार्यालय बाकेका सहायक प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख प्रेम केसी, औषधि व्यवस्था विभाग बाँकेकी प्रमुख निना श्रेष्ठ, उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष वसन्त गौतम, नेपाल औषधि व्यवसायी संघका अध्यक्ष अभय बस्नेत, उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य लगाएतले आआफ्नो धारणा राखेका थिए ।
स्वास्थ्य सेवा शुल्कमा एकरूपता ल्याउनका लागि सोही कार्यक्रमबाट निजी अस्पताल, सरकारी अस्पताल, डाइग्नोस्टिक सेन्टर, पोलिक्लिनिक, ल्याब प्याथोलोजी, उपभोक्ता हकहित संरक्षण मञ्च, डेन्टल क्लिनिक, जिल्ला प्रशासन कार्यालय, उपमहानगरपालिका, पत्रकार महासंघ, उद्योग वाणिज्य संघ, औषधि व्यवस्था विभागका प्रतिनिधिहरू सदस्य रहने गरी शुल्क निर्धारण समिति गठन गरिएको स्वास्थ्यअधिकृत चन्दले जानकारी दिए ।
प्रतिक्रिया